२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने श्रीलङ्कामा तीन दिने डेङ्गु नियन्त्रण कार्यक्रम सुरु, पहिलो दिनमै व्यापक निरीक्षण मध्यपूर्व तनाव घट्ने सङ्केतसँगै लगानीकर्तामा उत्साह वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व संकलन शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि… कामपा नगरसभाको १९औँ अधिवेशन आगामी ३१ मा पोखरा–भरतपुर–लुम्बिनीबीच पर्यटन प्रवर्द्धनका लागि ‘सिल्भर ट्रयाङ्गल’ समझदारी योग्य, सक्षम इमान्दारी नेतृत्व आवश्यक छ: महामन्त्री बुर्लाकोटी पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौंमा प्याकेजिङ् गरिएका खाद्यवस्तुमा पाइलैपिच्छे समस्या



अ+ अ-

काठमाडौं । प्याकेटमा पाइने खाद्यवस्तुको गुणस्तरमा पाइलैपिच्छे समस्या देखिएका छन् । उत्पादन मिति, उपभोग्य मिति, कम्पनी मूल्य र अधिकतम् उपभोक्ता मूल्य, ढुवानी, भण्डारणमा धेरै समस्या देखिएको अनुगमनका क्रममा देखिएको छ । 

यसैगरी यहाँका म्याद सकिन लागेका सामान नष्ट नगरी रिप्याकेजिङ् गर्ने, अनधिकृत ट््याग राख्नेजस्ता व्यापारिक क्रियाकलाप गर्ने गरिएको देखिएको छ । काठमाडौं महानगरको उपभोक्ता हित संरक्षण समितिको अनुगमनका क्रममा यस्तो पाइएको हो । 

खाद्यबस्तुको बजारीकरणमा समस्या देखियो । महामारीको मौका छोपेर कतिपय व्यापारीले गलत काम गर्न थालेको हामीले बुझेका छौँ । महानगरका प्रमुख प्रशासकीय अधिकृत एकनारायण अर्याल भन्नुहुन्छ— सबै क्षेत्र मिलेर कोरोनाका विरुद्ध लडौं भन्ने हाम्रो आग्रह हो । यसबेला व्यापारीले बजारलाई सहज र सरल बनाउनु पर्छ । 

उहाँले भन्नुभयो– यो उहाँहरुको दायित्व हो । यदि कसैले अवस्थाको फाइदा उठाउँछु भनेर सोचेको छ भने हामी कानूनी कारवाहीको प्रक्रियामा जान्छौं । तर, काठमाडौंको अवस्था बिग्रन दिँदैनौ । हामी हरेक दिन बजार अनुगमनमा छौं । यसलाई निरन्तरता दिन्छौं । 

अचार, दाल, भुजिया, गेडागुडी र प्याकेजिङ् खानेकुरा बिक्री गर्ने बालाजु चोक नजिकै रहेको गोपीकृष्ण खाद्य उद्योगका सामानमा समस्यै समस्या थियो । कति सामानहरु म्याद गुज्रिएका थिए । अरुका ब्राण्डका सामानमा आफ्नो ट््याग लगाइएको  पनि भेटियो । म्याद सकिएका सामानहरु पुनः प्याकेजिङ् गर्ने तयारी थियो । पानी पुरी, फोँपी (फुराएर खाने) जस्ता सामान ढुसी आएको, ओस र भ¥याङ्मुनि राखिएको थियो । 

यसरी सामान बेच्नु गलत नै हो । गल्ती स्वीकार गर्दै सञ्चालक गोपिना पराजुली भन्दै हुनुहुन्थ्यो— अन्यत्रबाट आएका सामानको म्याद ख्याल गर्न नसक्दा यो दिन आयो । 
आज बालाजु औद्योगिक क्षेत्रमा पुग्दा जय गणेश फुड्सको ट््याग उत्पादित चोकर, आँटा र मैदा खाली भुइँमा भण्डारण गरेको पाइयो । उत्पादक काठमाडौं मैदा मिल र बजार प्रबन्धक वितरक जय गणेश फुड्स लेखिएको बोरामा वितरकको ट््याग राख्नु गैर कानुनी हो । उपभोक्ता अनुसन्धान मञ्चका अध्यक्ष माधव मिमिल्सेना भन्नुहुन्छ— काठमाडौंभित्रै यस्तो छ, अन्त के होला ? 

सटरमा सूचना भित्र बासी खाना 

बालाजु औद्योगिक क्षेत्रको ठीक अगाडि न्यु गुप्ता भोजनालय छ । त्यसको आधा खुलेको सटर भित्र मानिसहरु खासखुस गर्दै थिए । अनुगमन टोली भित्र छिरेपछि, त्यहाँ राखिएका सबै खानेकुरा बासी भएको थाहा भयो । पसलमा समोसा, लालमोहन, रसवरी, चमचम, खुर्मा, बर्फीलगायत मिठाइ थिए । ती सामान राखिएको भाँडामा लामखुट्टे, साना कीराहरु र साङ्लाका बच्चा डुबेका थिए । 

अनि अर्काे कुरा बेच्न राखिएका यी सामानसँग चामल, दाल, तरकारीसँगै राखिएको थियो । बन्द गरिएका डिफ्रिजमा तरकारी, दूध, पानी एकै ठाउँ थियो । अनुगमनमा क्रममा ५० पिस समोसा, ८ के. जी. को लालमोहनसहितका मिठाइ नष्ट गरिएको थियो । अनुगमनका क्रममा बालाजु चोकमा रहेका मासु पसलको अवस्था पनि निरीक्षण गरिएको थियो ।