काठमाडौं । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ७५ वर्षीय एक जना पुरुष र २० वर्षीया एक जना महिला गरी २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । शिक्षण अस्पतालका कोभिड फोकल पर्सन डाक्टर सविन थपलियाको उनीहरु दुबैको मृत्यु कोरोना संक्रमणको कारण मृत्यु भएको बताएका छन् । उनीहरु दुवै जनाको मंगलबार साँझ मृत्यु भएको हो ।
सुगर प्रेसर जस्ता दीर्घरोग भएको ७५ वर्षीय पुरुष गत १५ गते अस्पताल भर्ना भएका थिए ।
त्यस्तै २० वर्षीया महिलालाई बाथरोथ र मिर्गौलाको समस्या थियो । डायलासिस गराइरहेकी उनी १६ गते नै भर्ना भएकी थिइन् । दुवै जनाको आइसियूमा उपचार भइरहेको थियो । थपलियाका अनुसार ७५ वर्षीय पुरुष काठमाडौं मैतिदेवीका हुन् भने अर्की महिला तनहुँकी हुन् ।












