वीरगन्ज । पर्साको कोभिड अस्पताल गण्डकमा ९७ बर्षीय पुरुष संक्रमितको मृत्यु भएको छ । मृतक बाराको सिम्रौनगढका उनी मुटुका पुराना रोगि पनि भएको कोभिड अस्पताल गण्डकले जनाएको छ ।गएको भदौ १२ गते शारिरिक समस्या भएर वीरगन्जको तराई अस्पतालमा उपचार गराउन ल्याइपुर्याएका ती पुरुषको त्यहि स्वाव संकलन भएको थियो ।
नारायणी अस्पतालका बरिष्ठ फिजिसियन डा निरज कुमार सिंहका अनुसार उनको स्वाव परिक्षण गराउँदा संक्रमित पुष्टि भएपछि गएको भदौ १४ गते आइतबार कोभिड अस्पताल गण्डकमा भर्ना गरिएको थियो । ‘गण्डक अस्पताल नारायणी अस्पतालको अस्थायी बिशेष कोभिड अस्पताल हो । उपचारका क्रममा बुधबार बिहान १ बजे उनको त्यहि मृत्यु भयो’, डा सिंहले भने ।
मृतक बाराको सिम्रौनगढका स्थायी बासिन्दा हुन् । मुटुका पुराना रोगी समेत रहेका मृतकमा सोडियमको मात्र पनि बढि थियो । निमोनिया र कोरोना समेत भएपछि उनलाई चिकित्सकको प्रयासले बचाउन नसकिएको डा सिंहको भनाइ छ । यो सहित कोरोनाका कारण बारामा १५ जनाको मृत्यु भइसकेको छ । स्वास्थ्य मत्रालयले भने यो पुष्टि गर्न बाँकी रहेको नारायणी अस्पतालले जनाएको छ ।












