काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले एसिड आक्रमणमा पर्नुभएकी मुस्कान खातुन संग भेट गर्नुभएको छ । प्रधानमन्त्रीको सरकारी निबास बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीले खातुनको स्बास्थ्थ अबस्थमा बारेमा चासो राख्नुका साथै शिक्षा तथा भबिष्यका का बारेमा पनि जिज्ञासा राख्नु भएको थियो ।
वीरगन्ज महानगरपालिका छपकैयाकी १५ वर्षीया किशोरी मुस्कान खातुन अन्सरी माथी ठिक एक बर्षअघि एसिड प्रहार भएको थियो । वीरगन्ज गणेशमान चोक स्थित त्रिभुवन विद्यालयको कक्षा ९ अध्ययनरत किशोरी खातुनलाई विद्यालय जाने क्रममा दुई युवकले एसिड प्रहार गरेका थिए ।
कीर्तिपुर अस्पताल उपचार गराईरहेका बेला खातुनले प्रधानमन्त्रीलाई एक पत्र लेख्दै आफुमाथि एसिड प्रहार गर्नेलाई ठूलो सजायको माग गरेकी थिईन भने पत्रमा उनले आफु प्रधानमन्त्रीको ठाउँमा भएको भए एसिड आक्रमण गर्नेलाई फाँसीको सजाय दिने बताएकी थिईन ।












