२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने श्रीलङ्कामा तीन दिने डेङ्गु नियन्त्रण कार्यक्रम सुरु, पहिलो दिनमै व्यापक निरीक्षण मध्यपूर्व तनाव घट्ने सङ्केतसँगै लगानीकर्तामा उत्साह वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व संकलन शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि… कामपा नगरसभाको १९औँ अधिवेशन आगामी ३१ मा पोखरा–भरतपुर–लुम्बिनीबीच पर्यटन प्रवर्द्धनका लागि ‘सिल्भर ट्रयाङ्गल’ समझदारी योग्य, सक्षम इमान्दारी नेतृत्व आवश्यक छ: महामन्त्री बुर्लाकोटी पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

अर्थमन्त्रीमाथि सामाजिक सञ्जालमा प्रतिक्रिया- शारीरिक उचाइजस्तै अर्थतन्त्रको उचाइ दिन सक्नुभएन



अ+ अ-

काठमाडौँ । डा.खतिवडाको सवल पक्ष इमान र कर्मचारीय र व्यवस्थापकीय अनुभव हो। उहाँको अर्थशास्त्रको प्राज्ञिक ज्ञान र विज्ञता उहाँको दलले सोचे जस्तो गहन छैन। कुशल अर्थ मन्त्रीका लागि कि त विषयवस्तुको गहिरो ज्ञान हुनु पर्दछ, कि आँफुसँग ज्ञान नभएको थाहा हुनु पर्दछ। डा.खतिवडामा दुवै कुराको अभाव छ।  

पूर्बाधार बिज्ञ डा. सूर्यराज आचार्यले अर्थमन्त्री डा युबराज खतिवडाको साढे  दुई बर्षे कार्यकालको समिक्षा गर्दै समाजिक संञ्जालमा ब्यक्त गर्नुभएको बिचार हो यो । के साच्चै अर्थमन्त्री डा खतिवडाले अर्थमन्त्रालय सम्हालेको समय निरर्थक नै रह्यो त ? केही दिन यता यो बहस गम्भिर रुपमा उठेको छ ।  राष्ट्रिय शभाको दुई बर्षे कार्यकाल समाप्त भएपछि फेरि ६ महिना गैरसांसादका रुपमा अर्थमन्त्रालय सम्हालेका डा खतिवडाको शारिरीक उचाई जति छ भूमिका र कार्यकक्षमता भने त्यस्तो देखिएन । 

डा.खतिवडाको जिम्मेबारी माथी टिप्पणी गर्दे पूर्बधार बिज्ञ आचार्य भन्नुहुन्छ, हाम्रो अर्थ मन्त्रालयले वित्त र आर्थिक विकास मन्त्रालय दुवैको काम गर्छ। सरकारलाई आर्थिक विकासका लागि थुप्रै संरचनागत र नीतिगत परिवर्तन गर्नुपर्ने आवस्यकता थियो। पहल अर्थमन्त्रीले गर्नुपर्थ्यो, तर डा.खतिवडाको सोच र क्षमताले भ्याएन। आग्रहरहित भएर लेखेको हो, खै कस्तो भो । बिद्धत बर्गबाट आएको यस्तो टिप्पणीले प्रधानमन्त्री ओलीले कतै सही ब्यक्तिको  हातमा जिम्मेबारी  दिन नसकेको त होईन भन्ने प्रश्न उठ्नु स्वभाबिकै हो । 

पूर्बधार बिज्ञ आचार्य मात्र होईन लामो समयदेखी आर्थीक क्षेत्रमा कलम चलाउदै आउनु भएका पत्रकार गजेन्द्र बुढाथोकीको ठम्याई पनि उस्तै छ ।  बुढाथोकी लेख्नुहुन्छ डा.खतिवडा अर्थमन्त्री हुँदा सबैभन्दा बढी खुसी हुने मान्छेहरूमध्ये म पनि थिएँ, बल्ल अर्थतन्त्र बुझेका अर्थशास्त्री अर्थमन्त्री बने भनेर सम्पादकीय पनि लेखेकै हुँ । तर, डा.खतिवडाले २ वर्षं ६ महिने अवधिमा अर्थतन्त्रमा केही चमत्कार गरेर देखाउन सकेनन ,तथ्यांकीय हेराफेरि बाहेक । नेपालको अर्थतन्त्रमाथी कलम चलाउदै आउनुभएका बुढाथोकीले प्रश्न उठाएजस्तै अर्थमन्त्री खतिवडा अब पदबाट बाहिरिए पनि  नागरिकले उठाएका गम्भिरप्रश्नको भने उत्तर दिनै पर्छ । 

पूर्बाधार बिज्ञ आचार्य तथा पत्रकार बुढाथोकी मात्र होईन उद्योगी आनन्दराज बतासको टिप्पणी पनि आजै आएको छ । बतास लेख्नुहुन्छ, सेयर बजारको गहिराईबारे मलाई त्यति जानकारी त छैन, तर संसारर अर्थतन्त्रको ऐना भनिन्छ । नेपालको सेयर बजार हेर्दा भने रनभुल्लमा पर्छु । अर्थतन्त्र ६ महिनादेखि ठप्प छ तर सेयर बजार हरियाली देखिन्छ । संसारका नामी अर्थशास्त्री र विश्वविद्यालयहरुको सिद्धान्त के नेपालमा फेल खाएकै हो त ?

उहाले पनि अर्थमन्त्रीको कार्यक्षमता माथी गम्भिर प्रश्न उठाउनु भएको छ । भदौ २० गते बाट अर्थमन्त्री खतिवडाको कार्यकाल पुन सकिदैछ । फेरि प्रधानमन्त्री ओली पुरानै गल्ति दोहो¥याउनु हुन्छ वा देश सुहाउदो  अर्थमन्त्रीका रुपमा बिकल्प खोज्नुहुन्छ सबैको चासोको बिषय बनेको छ । कोरोना कहरका कारण मुलुकको अर्थब्यबस्था कमजोर बनेको समयमा यस क्षेत्रसंग सरोकार राख्ने हरुसंग निरन्तर सहकार्य गरी नबिन योजनाका साथ प्रस्तुत हुनुपर्ने अर्थमन्त्री चुक्दा उहाँको क्षमतामाथी मात्र प्रश्न उठेन मुलुकले समेत ठुलो मुल्य चुकाउनु पर्ने अबस्था उत्पन्न भएको छ ।