२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने श्रीलङ्कामा तीन दिने डेङ्गु नियन्त्रण कार्यक्रम सुरु, पहिलो दिनमै व्यापक निरीक्षण मध्यपूर्व तनाव घट्ने सङ्केतसँगै लगानीकर्तामा उत्साह वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व संकलन शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि… कामपा नगरसभाको १९औँ अधिवेशन आगामी ३१ मा पोखरा–भरतपुर–लुम्बिनीबीच पर्यटन प्रवर्द्धनका लागि ‘सिल्भर ट्रयाङ्गल’ समझदारी योग्य, सक्षम इमान्दारी नेतृत्व आवश्यक छ: महामन्त्री बुर्लाकोटी पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

डा.लोहनीको कटाक्ष ! प्रधानमन्त्रीजी, कपडामा झण्डा राख्दैमा राष्ट्रवादी भइँदैन



अ+ अ-

काठमाडोँ । राप्रपाका नेता डा.प्रकाशचन्द्र लोहनीले प्रधानमन्त्री केपी ओलीलाई कटाक्ष गर्दै आफूले लगाउने कपडामा नेपालको राष्ट्रिय झण्डाको चित्र बनाएर लाउँदैन राष्ट्रवादी भइँदैन भनी कटाक्ष गरेका छन् । आज आफ्नो फेसबुक स्टाटसमार्फत उनले भनेका छन्- 'तपाईले लगाउने मास्कमा झन्डा राखेर तपाईले आफु राष्ट्रबादी भन्ने सन्देश दिन खोजेको देखेँ । मास्क या टोपी या दौरा सुरुवालमा नेपालको झन्डा राखेर लगाउँदैमा राष्ट्रवादी भइँदैन। 

साथै उनले प्रधानमन्त्रीलाई भनेका छन्, यदि तपाईले आफुलाई राष्ट्रवादी भन्ने हो भने हाललाई  निम्न  बमोजिम गर्नोस । उनले प्रधानमन्त्रीलाई राष्ट्रवादी बन्नका लागि तत्कालका लागि गर्नुपर्ने केही कामहरु पनि सुझाएका छन् । बाँकी डा.प्रकाशचन्द्र लोहनीको आफ्नै फेसबुक स्टाटसबाट ः  

सम्माननीय प्रधानमन्त्रीजी

तपाई ले लगाउने मास्क मा  झन्डा राखेर तपाई ले आफु राष्ट्रबादि  भन्ने संदेश दिन खोजेको  देखे।  मास्क  या टोपी या दौरा सुरुवाल मा नेपाल को झन्डा राखेर राष्ट्रबादि भइदैन। यदि तपाई ले आफु लाई  राष्ट्रबादि भन्ने हो भने हाल लाई  निम्न  बमोजिम   गर्नोस :

१.सरकारी प्रसासन,  शिक्षण  संस्थानहरु, न्यायालय तथा संबैधानिक अंगहरुमा नाताबाद, कृपाबाद,  भागबन्डा र  दलियकरणलाई  हटाउदै  क्षमता र उत्कृष्टतालाई लागु गर्ने मान्यता कठोरताका साथ लागु गर्नोस,

२. दिनदहाडै हवाइजाहज  देखि औषधी किन्ने सम्ममा भ्रस्टाचार र लुटगर्ने तपाईका सहयोगीहरुलाई कानुनको दयारामा ल्याउने नैतिक साहस र इमान्दारी देखाउनुस,

३.देसमा तपाईको पार्टी र अन्य पार्टीका उच्चा नेताहरुको सम्पत्ति जाचगर्ने राष्ट्रिय  आयोग  घोसणा गर्नुस,

४.आफुले पुरा गर्न नसक्ने या नजानेको कुरामा धेरै गफ नहाक्नुस। बेसार पानीले कोरोन भाग्छ भन्नेजस्ता कुरा गरेर देसको प्रधानमनत्रीलाई  हासोको पात्र  नाबनाउनुस, 

५. राष्ट्रियता मास्कमा छापेको झन्डामा होइन कोविडको इमान्दारी र कुसल ब्यबस्थापनमा देखिनुपर्यो, कोविड पीडित जनतालाई राहतमा देखिनुपर्यो, भ्रस्टाचारीमाथि कठोर कारबाईमा देखिनु पर्यो, आर्थिक अनुसासनमा देखिनुपर्यो, सरकारी न्यायमा देखिनुपर्यो,   

कृपया नेपाली  झन्डालाई सस्तो प्रयोग नगर्नुहोस् ।