२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने श्रीलङ्कामा तीन दिने डेङ्गु नियन्त्रण कार्यक्रम सुरु, पहिलो दिनमै व्यापक निरीक्षण मध्यपूर्व तनाव घट्ने सङ्केतसँगै लगानीकर्तामा उत्साह वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व संकलन शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि… कामपा नगरसभाको १९औँ अधिवेशन आगामी ३१ मा पोखरा–भरतपुर–लुम्बिनीबीच पर्यटन प्रवर्द्धनका लागि ‘सिल्भर ट्रयाङ्गल’ समझदारी योग्य, सक्षम इमान्दारी नेतृत्व आवश्यक छ: महामन्त्री बुर्लाकोटी पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

इन्सपेक्टरबाट रिटायर्ड भएका सीताराम हाछेथु डिएसपीमा नियुक्त !



अ+ अ-

ललितपुर । तीस वर्षे सेवा अवधिका कारण २०७५ साल मंसीरमा नेपाल प्रहरीको निरीक्षक (इन्स्पेक्टर) पदबाट सेवानिवृत्त भएका चर्चित ट्राफिक प्रहरी निरीक्षक सिताराम हाछेथु १ वर्ष ९ महिनापछि त्यो भन्दा एक पदमाथि अर्थात डिएसपि सरहको पदमा नियुक्त भएका छन् ।

काठमाडौं उपत्यकाको दोस्रो महानगरपालिका ललितपुर महानगरपालिकाको ‘महानगर प्रहरी वल’ प्रमुखमा आइतबारदेखि हाछेथुलाई सो महानगरपालिकाले नियुक्त गरेको हो । ‘तर उनको जिम्मेवारी र कर्तव्य डिएसपिभन्दा पनि माथिको हो’—महानगरपालिकाका एक पदाधिकारीले भने ।

अहोरात्र कार्यक्षेत्रमा खटिने, इमान्दार, कर्तव्यनिष्ठ ट्राफिक प्रहरी निरीक्षकको रुपमा आफ्नो पहिचान बनाउन सफल हाछेथुको कार्यशैलीको उच्च कदर गर्दै महानगरप्रमुख चिरीवाबु महर्जनले हाछेथुलाई महानगर प्रहरी वलको प्रमुखमा नियुक्त गरेका हुन् ।

ट्राफिक प्रहरी वृत्त ललितपुरको प्रमुख भएर ललितपुरमा कार्यरत रहँदा वृत्त प्रमुख हाछेथुले जनसहभागितामा सातदोवाटोमा ट्राफिक प्रहरी वृत्त ललितपुरको भव्य भवन बनाउन सफल भएका थिए । 
महानगर प्रहरी वलको प्रमुखमा नवनियुक्त हाछेथुको मातहत ३ जना इन्स्पेक्टर सहित ७२ जना जुनियर अधिकृत र अन्य दर्जाका नगर प्रहरीहरु कार्यरत छन । हाछेथुले सोमबारदेखि औपचारिक रुपमा आफ्नो कार्यभार सम्हाल्नेछन ।

२९ वडाका करीव २३ लाख जनसंख्या भएकोललितपुरर महानगरको सवारी आवागमन सरल र ट्राफिक व्यवस्थापन चुस्तस्फूर्त बनाउनु, सडक पेटीमा थापिने अव्यवस्थित पसलहरु हटाउनु, सडक किनारमा थुपारिने निर्माण सामाग्रीहरुको व्यवस्थापन गर्नु, सडकमा छोडिएका चौपायाहरुको व्यवस्थापन गर्नु र सबैभन्दा जटिल समस्याको रुपमा रहेको महानगरक्षेत्रभित्र नक्सापास विना बनेका र बन्दै गरेका घरटहराको अनुगमन गर्दै तिनीहरुलाई नगरपालिकाको नियम कानूनको दायरामा ल्याउनु प्रमुख हाछेथुको पहिलो जिम्मेवारीमा परेको छ । 

महानगरपालिकाको पोर्टफोलियोमा महानगर प्रहरी वल प्रमुखको पद पाँच नम्बर भित्र पर्छ र जिम्मेवारी पनि उत्तिक्कै महत्वपूर्ण मानिन्छ । हाछेथुले काठमाडौंको विभिन्न ट्राफिक प्रहरी कार्यालयको प्रमुखको रुपमा ३० वर्ष (सहायक निरीक्षकदेखि निरीक्षकसम्म) भएर काम गर्दा कालिमाटी, कोटेश्वर, गौशाला, दरवारमार्ग र सातदोवाटोमा ट्राफिक प्रहरी कार्यालयको आफ्नै भवन बनाउन सफल भएका थिए । 

यसको फलस्वरुप उनलाई नेपाल सरकार,नेपाल प्रहरी संगठनको साथै विभिन्न राष्ट्रिय र अन्तराष्ट्रिय संघ, संगठन, स्थानीय क्लव र समाजिक संस्थाहरु समेतबाट गरी करीव सवासयवटा विभूषण, पदक र पुरस्कारको साथै नगद र सम्मानमात्रै नभई एउटा कारसमेत उपहार पाएका थिए । 
 
आफ्नो काममा सँधै दत्तचित्त रही दिनरात नभनी काम गर्ने ट्राफिक प्रहरी प्रमुखको रुपमा परिचित हाछेथु भक्तपुरको सुर्यविनायक निवासी हुन् ।