२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
पूर्वअर्थमन्त्री महतले भने: २१ खर्ब २४ अर्बको बजेट महत्वाकांक्षी तर कार्यान्वयनयोग्य सभामुखले संसदलाई पेलेर लैजाने नीतिले सही गन्तव्यमा पुग्न सकिँदैनः सांसद शाही प्रतिनिधि सभाको मर्यादा कायम राख्न सभामुख अर्यालको निर्देशन राज्य एक्लैले विकास सम्भव हुँदैन, निजी क्षेत्रको सहभागिता अपरिहार्य: पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे राप्रपाले माग्यो अर्थमन्त्री वाग्लेको राजीनामा विपक्षी दलको अवरोधपछि प्रतिनिधि सभा बैठक बुधबारसम्म स्थगित प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग गर्दै अध्यक्ष राईद्वारा सङ्कल्प प्रस्ताव पेश सभामुखद्वारा संसदमा ५ मिनेट मौनधारणप्रति आपत्ति, ‘सभाको मर्यादा उल्लंघन भएको’ टिप्पणी अर्थमन्त्री वाग्लेले करकाे दर मनलाग्दी संशोधन गरेको सांसद थेवेकाे दाबी प्रधानमन्त्रीको अभिव्यक्तिबाट देशको छवि बिग्रिएको कांग्रेस सचेतक राईको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

कटारी गोल्ड कप : काठमाडौँद्वारा भुटान पराजित



अ+ अ-

उदयपुर। ‘पाँचौँ कटारी मेयर गोल्ड कप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल प्रतियोगिता’मा च्याम्पियन ब्वाईज फुटबल क्लब, काठमाडौँले सामत्सी फुटबल क्लब, भुटानलाई ३-१ गोल अन्तरले पराजित गरेको छ ।

आज भएको खेलमा भुटानका लागि अयुग डुकाले एक गोल गरे । काठमाडौँका लागि उमेश युङ्गमाले एक गोल र सुरज राउतले दुई गोल गरेका थिए । काठमाडौँका राउत ‘म्यान अफ दी म्याच’ घोषित भए । उनले नगद रु. तीन हजार पुरस्कार प्राप्त गरे ।

मंगलबारको खेल बागमती फुटबल क्लब सर्लाही र सहलेश युवा क्लव सिरहाबीच हुनेछ । कटारी नगरपालिकाको आर्थिक सहयोगमा कटारी नगर खेलकुद विकास समितिद्वारा आयोजित शनिवारदेखि जारी प्रतियोगिताको उपाधि विजेताले उपाधिसहित नगद रु तीन लाख हात पार्ने छ भने उपविजेताले रु एक लाख ५० हजार प्राप्त गर्ने छ ।

आठ टिमको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल यही फागुन १७ गते हुने आयोजकले जनाएको छ । रासस




भर्खरै