२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने श्रीलङ्कामा तीन दिने डेङ्गु नियन्त्रण कार्यक्रम सुरु, पहिलो दिनमै व्यापक निरीक्षण मध्यपूर्व तनाव घट्ने सङ्केतसँगै लगानीकर्तामा उत्साह वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व संकलन शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि… कामपा नगरसभाको १९औँ अधिवेशन आगामी ३१ मा पोखरा–भरतपुर–लुम्बिनीबीच पर्यटन प्रवर्द्धनका लागि ‘सिल्भर ट्रयाङ्गल’ समझदारी योग्य, सक्षम इमान्दारी नेतृत्व आवश्यक छ: महामन्त्री बुर्लाकोटी पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतीय प्रधानमन्त्रीसँग वार्ता हुन्छ, अतिक्रमित भूमि फिर्ता हुन्छ – प्रम ओली



अ+ अ-

काठमाडौं, । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले अतिक्रमण गरेको भूमाग  सम्बादकै माध्यम बाट  फिर्ता हुने बताउनु भएको छ ।  प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा प्रधानमन्त्री ओलीले   नेपाल वार्ता कै माध्यम बाट समस्या समाधान होस भन्ने पक्षमा  रहेको स्पष्ट पार्नुभयो । भारत  र प्रधानमन्त्री नरेन्द्र मोदी संग सम्बन्ध सुमधुर नै रहेको  स्पष्ट पार्दे प्रधानमन्त्री ओलीले भन्नुभयो “  आईस नै जमेको छैन के को ब्रेक हुन नेपालले आफनो जमिन छोडेको भए सम्बन्ध राम्रो हुन्थो र?”

भारत संग नेपालले कुनै निहु नखोजेको भन्दै प्रधानमन्त्री ओलीले   “आफनो भूमी मात्र दाबी गरेको बताउनु भयो । भारतले नक्सा जारी  गरेपछि समस्या उत्पन्न भएको  स्पष्ट पार्दे उहाले तथ्थ र प्रमाणका आधारमा  अतिक्रमति भूमी फिर्ता लिन समस्या नहुने  बताउनु भया  ।  नेपालले पटक पटक बार्ताको पहल गरेपनि भारतीय पक्ष बाट  जवाफ नआएपछि नया नक्सा जारी गरेको स्पष्ट पार्दे प्रधानमन्त्री ओलीले “त्यत्रो बिशाल भुमी भएको भारतले सानो हिमाली मुलुकको केही टुक्रा भुमी  जहा तीन बाट गाउ छ तिनमा आखा लगाउनु हुनैन फिर्ता गर्न पर्छ   ।”  

भारतीय प्रधानमन्त्री मोदी संग वान टु वान बार्ता पनि हुने जानकारी गराउदै प्रधानमन्त्री ओलीले  नक्सा बनाएर चित्त बुझाउनका लागि मात्र सार्बजनिक  नगरेको स्पष्ट पार्नुभयो । प्रधानमन्त्री ओलीले भन्नु भयो जिद्धि नगर्ने हो भने नेपालको प्रमाण नै काफि छ । तरपनि कुटनीतिक सम्बाद बाट समस्या समाधान हुन्छ ।