२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
आगामी दशकलाई ‘आन्तरिक रोजगारी प्रवर्द्धन दशक’का रूपमा मनाउने श्रममन्त्री यादवको घोषणा एमाले पुनर्गठन कार्यदलको बैठक च्यासलमा सुरु, एक महिनाभित्र प्रतिवेदन बुझाइने पोखरा बसपार्क निर्माणका लागि महानगर र जग्गाधनीबीच सहमति, रिट फिर्ता लिने समझदारी तोलामा २ हजारले बढ्यो सुनको मूल्य डेडिकेटेड–ट्रङ्क लाइन बक्यौता असुली तत्काल अघि बढाउन अध्यक्ष घिसिङको आग्रह विश्वकप हेर्न हिँडेका एन्फा अध्यक्ष र महासचिवलाई अध्यागमनले विमानस्थलबाट फर्कायो सुरक्षित नेपालका लागि साझेदारी, ज्ञान र उत्थानशीलताको आवश्यकतामा जोड काठमाडौं महानगरपालिकाको १९ औं अधिवेशन यही जेठ ३१ गते हुने ‘होमस्टे’ले बदलिँदै थारू महिलाको जीवनशैली यस्तो सुशासन चाहिँदैन भन्ने अवस्था आयो : शंकर पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

एपिएफ महिला गोल्डकपको फाइनलमा



अ+ अ-

इलाम। नेपाल पुलिसविरुद्ध कठिन जित निकाल्दै एपीएफ इलाममा जारी दोस्रो अन्तरराष्ट्रिय आमन्त्रित महिला गोल्ड कपको फाइनलमा पुगेको छ ।

आज भएको सेमिफाइनलमा नेपाल पुलिस क्लबलाई १–० गोल अन्तरले हराउँदै एपिएफ फाइनल पुगेको हो । खेलको ३६आँै मिनेटमा अनिता केसीको पासलाई रश्मीकुमारी घिसिङले गोल गरेकी थिइन् ।

प्लेयर अफ द म्याच एपीएफकी अनिता बस्नेत घोषित भइन् । उनले नगद रु पाँच हजार र ट्रफी प्राप्त गरिन् । यही फागुन २४ गते हुने फाइनलमा आर्मी र एपीएफबीच हुनेछ ।रासस