२६ जेष्ठ २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सप्तरीमा मृत्युहुने २८ वर्षीय युवकमा कोरोना संक्रमण पुष्टि



सांकेतिक तस्बिर
अ+ अ-

सप्तरीमा मृत्यु पछि थप एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ । सप्तरीको राजविराज नगरपालिका वडा नम्बर ४ बस्ने २८ वर्षीय युवकमा मृत्यु पछि कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले बताए । 

केहि दिनदेखि रुघा खोकी, स्वाशप्रश्वाश, दम लगायतको समस्या देखिएपछि मृतकलाई मंगलवार उपचारका लागि छिन्नमस्ता अस्पताल राजविराजको ओपिडिमा लगिएको थियो । केहि समय अस्पतालको इमरजेन्सीमा भर्ना गराएर अक्सिजन पनि लगाएको थियो, तर उपचार सम्भव नभएपछि विपी कोईराला विज्ञान प्रतिष्ठान धरानमा रिफर गरेपछि त्यहाँ नै मृत्यु भएको प्रमुख यादवले बताए । 

मृत्युपछि स्वाब संकलन गरेर कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य प्रमुख यादवले बताए ।