२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
प्रधानमन्त्री जिम्मेवार नभएकाले संसद सुचारु हुन सकेनः काँग्रेस शिक्षा र स्वास्थ्यमा प्रस्तावित कर नीति उपयुक्त नभएको करविद् चन्द्रमणि अधिकारीको टिप्पणी एमाले अध्यक्ष ओलीको आग्रह : एकताबद्ध भएर जनतामाझ सक्रिय हुनुस् बीवाईडी कर छली प्रकरण छानविनका लागि तत्काल संसदीय छानविन समिति गठन गर्नुपर्दछः हर्कराज राई प्रधानमन्त्रीलाई नेकपा सांसद चन्दको प्रश्नः हामीले भारतको सीमा मिचेका छौँ, भन्ने जानकारी कसले दियो ? दुग्ध विकास बोर्डलाई प्रभावकारी र परिणाममुखी बनाउन मन्त्री चौधरीकाे आग्रह पूर्वअर्थमन्त्री महतले भने: २१ खर्ब २४ अर्बको बजेट महत्वाकांक्षी तर कार्यान्वयनयोग्य सभामुखले संसदलाई पेलेर लैजाने नीतिले सही गन्तव्यमा पुग्न सकिँदैनः सांसद शाही प्रतिनिधि सभाको मर्यादा कायम राख्न सभामुख अर्यालको निर्देशन राज्य एक्लैले विकास सम्भव हुँदैन, निजी क्षेत्रको सहभागिता अपरिहार्य: पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रसङ्घको ‘इरान लक्षित’ बैठकबारे सोधपुछका लागि युरोपेली कूटनीतिज्ञलाई इरानद्वारा पत्राचार



अ+ अ-

तेहरान। तेहरानको आणविक कार्यक्रमबारे संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्को बैठकको विरोधमा इरानले बिहीबार बेलायत, फ्रान्स र जर्मनीका कूटनीतिज्ञलाई सोधपुछका लागि पत्राचार गरेको छ ।

संयुक्त राज्य अमेरिकाको एकपक्षीय दृष्टिकोणअनुरूप भएको यो बैठकलाई ‘उत्तेजक र राजनीतिक’ पूर्वाग्रहबाट आएको धारणा भन्दै विज्ञप्तिमा बैठकको ‘कुनै प्राविधिक वा कानूनी औचित्य’ नभएको उल्लेख गरिएको छ ।

इरानको आणविक कार्यक्रमसम्बन्धी बुधबारको बैठकमा अमेरिकी मिसनले ‘निर्लज्ज व्यवहार’ गरेको आरोप लगाएको थियो । संयुक्त राष्ट्रसङ्घको अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीको पछिल्लो प्रतिवेदनलाई लिएर परिषद्का केही सदस्यराष्ट्रले बैठकका लागि अनुरोध गरेका थिए ।

इरानले आफ्नो अत्यधिक सम्वद्र्धित युरेनियमको भण्डार ६० प्रतिशत शुद्धतामा वृद्धि गरेको छ, जुन आणविक बमका लागि आवश्यक ९० प्रतिशत को हाराहारीमा छ । इरानको विदेश मन्त्रालयले भनेको छ, “संयुक्त राज्य अमेरिकासँग उनीहरूको संलग्नताको विरोधमा र इरानको शान्तिपूर्ण आणविक कार्यक्रमबारे प्रत्यक्ष सोधपुछका लागि तीनै जना कूटनीतिक प्रतिनिधिलाई परराष्ट्र मन्त्रालयमा बोलाइएको थियो।

सन् २०१५ मा इरानले बेलायत, चीन, फ्रान्स, जर्मनी, रुस र संयुक्त राज्य अमेरिकासँग आफ्नो आणविक कार्यक्रमसम्बन्धी ऐतिहासिक सम्झौता गरेको थियो। सन् २०१८ मा ह्वाइट हाउसको आफ्नो पहिलो कार्यकालमा ट्रम्पले इरानसँगको सम्झौताबाट पछि हट्नुभएको थियो र पुनः कडा प्रतिबन्ध लगाउनुभएको थियो ।

गत जनवरीमा ह्वाइट हाउस फर्केपछि राष्ट्रपति ट्रम्पले इरानसँग नयाँ आणविक सम्झौताका लागि आह्वान गर्नुभएको छ तर तेहरानले भने जबसम्म दण्डात्मक प्रतिबन्ध जारी रहन्छ तबसम्म त्यस्तो सम्झौता सम्भव नभएको बताएको छ । चीनले रुस र इरानसँग यसै साताको अन्त्यमा त्रिपक्षीय आणविक वार्ता गर्ने बुधबार जनाएको थियो ।रासस/एएफपी




भर्खरै