२६ जेष्ठ २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना संक्रमित कांग्रेस नवलपरासीका उपसभापति गिरीको निधन



अ+ अ-

बुटवल । नेपाली कांग्रेस नवलपरासीका जिल्ला उपसभापति सुवाशचन्द्र गिरीको मृत्यु भएको छ । उनमा कोरोना भाइरस संक्रमण पुष्टि भइसकेको थियो । ३८ वर्षीय गिरीको पाटन अस्पताल ललितपुरमा आज बिहान ६ बजे मृत्यु भएको हो । उनको नवलपरासी सुस्ता पश्चिममा घर छ ।

कोरोना संक्रमण देखिएपछि बुटवलको कोरोना अस्पतालबाट साउन ३० गते उनलाई पाटन अस्पतालमा भर्ना गराएर भेन्टिलेटरको सहायतामा उपचार भइरहेको थियो तर अचानक गएराति ११ बजेदेखि श्वासप्रश्वासमा समस्या आएको थियो ।

बिहान ६ बजेतिर मृत्यु भएको अस्पतालमै रहेका कांग्रेस सांसद देवेन्द्रराज कंडेलले पुष्टि गरे । श्वासप्रश्वासमा समस्या आएपछि मेडिकल कलेजमा जाँच गराउँदा निमोनिया देखिएपछि पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो । तत्कालीन फोरम लोकतान्त्रिकका नेता रहेका उनी कांग्रेससँग एकीकरणपछि नेपाली कांग्रेसको उपसभापति भएका थिए ।