२६ जेष्ठ २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आजको मौसम पूर्वानुमानः यी स्थानमा भारी वर्षा…



अ+ अ-

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनी न्युन चापीय रेखा नेपालको दक्षिण तर्फ अवस्थित रहनुका साथै भारतको मध्यप्रदेशमा बनेको न्यून चापीय क्षेत्रको सामान्य प्रभाव देशभर रहेको जनाएको छ । मंगलबार बिहान एक बुलेटिन जारी गर्दै महाशाखाले न्यून चापीय क्षेत्रको प्रभावका कारण अहिले देशभर आंशिक देखि सामान्य बदलीको अवस्था रहेको र वाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश न ५ र कर्णाली प्रदेश तथा आसपासका भूभागका एक दुई स्थानहरुमा वर्षा भइरहेको जारी दिएको छ । 

यसैगरी, दिउँसो देशभर  सामान्यतया बदली रही  केही स्थानहरुमा  हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । यस्तै, राति देशभर  सामान्यतया बदली रही  धेरै स्थानहरुमा मेघगर्जन, चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। 

भने, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेशका र सुदुरपश्चिम प्रदेशका एकरदुई स्थानहरुमा  भारी वर्षाको समेत सम्भावना रहेको छ ।