२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
जेनजी आन्दोलनको फौजदारी मुद्दा फिर्ता लिन अध्ययन गरिने दरबार हत्याकाण्डको छानबिन अगाडि बढाउने सुधन गुरुङको निर्णय एमाले कार्यदल बैठक: सुझाव सङ्कलन गर्ने पदभार ग्रहण गर्दै महावीर पुनले भने- रातदिन काम गर्छु, तीन वर्षभित्र छोड्छु विज्ञानमन्त्री पुनद्वारा पदभार ग्रहण पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, सावधानी अपनाउन आग्रह विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि ऋण असुलीबाट शिव शिखरका थप २१६ जना पीडितले पाए रकम, बचत फिर्ता पाउने को संख्या… विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि रवि लामिछानेविरुद्धको संगठित अपराधको आरोप हट्यो, सहकारी मुद्दामा मिलापत्रको बाटो खुला
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुख्यमन्त्रीकै यस्तो लापरवाही ! कारवाही गर्न जनताको माग



अ+ अ-

काठमाडौँ । देशमा यतिखेर कोरोना भाइरसको महामारी छ । विश्वका कतिपय देशले यसबाट बाहिरिने तयारी गरिरहेका बेला नेपालमा भने यो महामारीले राजधानी काठमाडौँमा धावा बोलिरहेको छ । सरकारले महामारीको प्रकोप कम भएको गलत आँकलन गरेर गएको साउन ७ गतेबाट लकडाउनलाई खुकुलो बनाएसँगै राजधानी कारोना भाइरसको हटस्पट बन्ने खतरा दिन प्रतिदिन बढ्दै छ । 
यो भन्दा कम खतरा विराटनगरमा पनि छैन । यहाँ पनि महानगरले लकडाउन गरेको छ तर भाइरस संक्रमितहरु दिनदिनै थपिएका छन् । आइसोलेसन बेड अभावका कारण प्रदेश १ मा एक सयभन्दा बढी कोरोना संक्रमितहरु घरमै बस्न बाध्य भएको अवस्थाको समाचार आजकै अखबारहरुमा आएको छ । केही दिनयता देखि परीक्षण किटको अभावमा स्थिति भयावह हुनसक्ने प्रतिक्रिया विराटनगर महानगर प्रमुख भिम पराजुलीले दिइरहेका छन् । 

तर यो विषय परिस्थितिजस्तो गम्भीर प्रदेश १ का मुख्यमन्त्री शेरधन राई भने छैनन् । उनले कोरोना संक्रमण तीव्र रुपमा फैलिएका कारण संघीय सरकारले सार्वजनिक भेला, कार्यक्रम, सेमिनार तथा जमघट गर्न प्रतिबन्ध लगाएको अवस्थालाई पनि मनन् गर्दैनन् । मुख्यमन्त्री राई विहीबार प्रतिबन्धित तीन वटा कार्यक्रमको प्रमुख अतिथि बनेपछि उनको यो लापरवाह र गैरजिम्मेवारी पनको हद नाघेको हो । उनको यो क्रियाकलापले आजित भएका प्रदेश नं १ का जनता तथा उपचार नपाएर घरमै बस्न बाध्य भएका संक्रमितहरुले पनि उनीमाथि आवश्यक कारवाही गर्न माग गरेका छन् ।
सामाजिक सञ्चालमा प्राप्त तस्वीरमा पनि देख्न सकिन्छ कि उनले कार्यक्रममा भौतिक दुरी कायम गरेका छैनन् ।

उपस्थित अरुमा पनि भौतिक दुरी कायम भएको छैन । आफ्ना कार्यकर्ताहरुको ठूलो भिडभाड जम्मा गरेर यसरी उनी यस्तो महामारीको बेलामा पनि रिबन काट्न र भाषणा गर्न हिँड्ने गरेका छन् । अझ अर्को विडम्बनाको कुरा त यो छ कि मुख्यमन्त्री राई आफैंले पनि मास्क लगाएका छैनन् । कार्यक्रममा सहभागीहरुमध्ये एकाधले मात्र मास्क लगाएका छन्, धेरैले मास्क चिउँडोमा लगाएका छन् । देशभरि मास्क नलउने लाखौँ सर्वसाधारणलाई सरकारले जरिवाना गरेर कारवाही गरेको छ तर त्यहाँ उपस्थित ठूलो संख्याको प्रहरी पनि मुकदर्शक भएको देखिन्छ ।  

तर मुख्यमन्त्रीले बिहीबार तीन तीन ठाउँमा कार्यक्रम आयोजना गर्न लगाएर कतै रिबन काट्ने त कतै भाषणा गर्ने गरेका छन् । हिजोका यी तीनै कार्यक्रमहरुमा भाषण गर्दै मुख्यमन्त्री राईले घरघरमा पुगेर सेवा प्रवाह गरेको दाबी गर्न भने छोडेनन् । बिहीबार कार्यक्रम उद्घाटन गर्न उनी झापासम्म पनि पुगे । उनले झापाको अर्जुनधारा नगरपालिकामा मुख्यमन्त्री ग्रमिण पूर्वाधार सडक परियोजना अन्तरगत निर्मित सडक उदघाटन गरेका थिए । समाचार स्रोतका अनुसार उनकै इच्छामा यो उद्घाटन कार्यक्रम राखिएको बुझिएको छ ।