२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
विपक्षी दलको अवरोधपछि प्रतिनिधि सभा बैठक बुधबारसम्म स्थगित प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग गर्दै अध्यक्ष राईद्वारा सङ्कल्प प्रस्ताव पेश सभामुखद्वारा संसदमा ५ मिनेट मौनधारणप्रति आपत्ति, ‘सभाको मर्यादा उल्लंघन भएको’ टिप्पणी अर्थमन्त्री वाग्लेले करकाे दर मनलाग्दी संशोधन गरेको सांसद थेवेकाे दाबी प्रधानमन्त्रीको अभिव्यक्तिबाट देशको छवि बिग्रिएको कांग्रेस सचेतक राईको दाबी कर प्रणाली सुधार, सहकारी संकट समाधान र रेमिट्यान्स निर्भरता घटाउन बजेटले ध्यान दिन सकेनः सारू सरकारले सुशासनका राम्रा अभ्यास गरेको छः यादव रास्वपा मधेश प्रदेश अधिवेशनका सम्पूर्ण गतिविधि अर्को सूचना नआएसम्म स्थगित प्रतिनिधिसभा बैठक सुरू, विपक्षी दलको अवरोध कायमै करकाे दर हेरफेर विवादमा सरकारद्धारा अर्थमन्त्रीको बचाउ, मेहनत गरेर बजेट ल्याएकाे दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

फ्रान्ससँगको सम्बन्ध प्रगाढ बनाइने खोजिएको चीनको भनाइ



अ+ अ-

बेइजिङ। फ्रान्सका विदेशमन्त्रीको आसन्न भ्रमणले ‘अशान्ति र रूपान्तरण’को सामना गरिरहेको विश्वमा दुई देशबीच सहयोग प्रगाढ हुने आशा चीनले सोमबार व्यक्त गरेको छ ।

फ्रान्स र चीनले हालैका वर्षहरूमा सम्बन्धलाई बलियो बनाउन खोजेका छन्, तर पेरिसले युक्रेनको आक्रमणपछि बलियो भएको देखिएको बैइजिङ र मस्कोबीचको सम्बन्धलाई प्रगाढ नबनाउन बेइजिङलाई दबाब दिएको छ ।

फ्रान्सका विदेशमन्त्री ज्याँ नोएल बारोटले आगामी बिहीबार र शुक्रबार चीनको राजधानी बेइजिङ र आर्थिक महाशक्ति साङ्घाईको भ्रमण गर्नुहुनेछ ।

विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले भन्नुभयो, “वर्तमान अन्तर्राष्ट्रिय परिस्थिति अस्थिर र जटिल बन्दै गएको छ, अस्थिरता र अनिश्चिततामा उल्लेखनीय वृद्धि भएको छ।” बेइजिङले फ्रान्सका विदेशमन्त्रीको यो भ्रमणलाई ‘राजनीतिक पारस्परिक विश्वास लाई मजबुत बनाउन’ प्रयोग गर्ने उहाँले बताउनुभयो ।

जनवरीमा ह्वाइट हाउसमा फर्केका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पप्रति लक्षित गर्दै उहाँले भन्नुभयो, “उनीहरूले संयुक्त रूपमा एकपक्षीयता र अराजक कानूनको पुनरुत्थानको विरोध गर्नेछन्।”

गत वर्ष पेरिसमा राष्ट्रपति इमानुएल म्याक्रोँसँग भएको भेटमा म्याक्रोँले चीनको ‘स्वतन्त्र’ अडानको सराहना गरेको वाङले बताउनुभएको थियो ।चीनले युक्रेन द्वन्द्वमा आफू तटस्थ पार्टी भएको बताउँदै आएको छ । चीनले युक्रेन युद्धको कहिल्यै निन्दा वा समर्थन केही गरेको छैन । रासस/एएफपी




भर्खरै