काठमाडौं । महानगरीय प्रहरी कार्यालय रानीपोखरी स्थित प्रहरी कन्ट्रोलमा कार्यरत तीन जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । फोन गर्दा पैसा नलाग्ने १०० नम्बरमा प्रहरीहरु २४ सै घण्टा तैनाथ हुन्छन् । यही कन्ट्रोलमा कार्यरत तीन जना प्रहरीमा कोरोना भाइरस संक्रमण देखिएको हो ।
यसअघि रानीपोखरीमै कार्यरत एक जना प्रहरीमा पनि कोरोना संक्रमण देखिएको थियो । यसैगरी नेपाल प्रहरीको पहरा गण सामाखुसी र नगर प्रहरी एक जनामा पनि कोरोना संक्रमण देखिएको छ । मेट्रो कन्ट्रोल पनि भनिने यहाँ करिब एक सय जना कार्यरत छन् ।
संक्रमित व्यक्तिहरुको निकट सम्पर्कमा रहेकालाई पीसीआर परीक्षणको तयारी गरिएको छ ।












