कैलाली । सुदुरपश्चिम प्रदेशमा शनिबार गरिएको परिक्षणमा थप २१ जनामा कोरोना पुष्टि भएको छ । यो संगै सुदुरपश्चिम प्रदेशमा संकृय संक्रमित संख्या १ हजार ७६१ पुगेको छ । शनिबार सेती प्रादेशिक अस्पतालको प्रयोगशालाबाट १ र डडेल्धुरा प्रयोगशालाबाट थप २० जना कोरोना पुस्टी भएपछि सकृय संक्रमितको संख्या १ हजार ७६१ पुगेको हो ।
कंचनपुरमा १ पुरुष , डोटी ७ पुरुष, ६ महिला, डडेल्धुरा ४ पुरुष, र बैतडीमा ३ जना पुरुषमा संक्रमण पुस्टी भएको स्वास्थय निर्देशनालय डोटीले मिडिया ब्रिफिङ्गमा जानकारी दिएको छ । यसअघि ८ जना संक्रमितको मृत्यु भइसकेको छ ।
प्रदेशमा हालसम्म ३० हजार ९५६ जनाको पीसीआर बिधिबाट जाँच गरिएको र २६ हजार ८९१मा नेगेटिभ आएको सामाजिक बिकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह काक्रीले रातोपाटीलाई जानकारी दिए । ३ हजार ३६७ को रिपोर्ट आउन बाँकी रहेको छ । आरडिटी बिधिबाट १ लाख २३ हजार ५६२ जनामा परिक्षण गरिएको छ ।












