काठमाडौं । काठमाडौंको सीतापाइलामा युवतीमाथि एसिड प्रहार गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । बिहीबार साँझ किनमेल गर्न निस्किएकी २२ वर्षीया युवतीमाथि एसिड प्रहार गर्ने रौतहटका मोहम्मद आलम र भारतका मुन्ना महमद रहेका छन् ।
काठमाडौं प्रहरीका अनुसार एसीड प्रहार भएकी पवित्रा कार्की ओखलढुंगाकी हुन्। उनको शरीरको केही भागमा एसिड परेको छ।
अहिले युवतीलाई उपचारका लागि कीर्तिपुरस्थित छाला अस्पतालमा लगिएको छ। हाल उनको अवस्था खतरामुक्त रहेको बताइएको छ ।












