२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
पूर्वअर्थमन्त्री महतले भने: २१ खर्ब २४ अर्बको बजेट महत्वाकांक्षी तर कार्यान्वयनयोग्य सभामुखले संसदलाई पेलेर लैजाने नीतिले सही गन्तव्यमा पुग्न सकिँदैनः सांसद शाही प्रतिनिधि सभाको मर्यादा कायम राख्न सभामुख अर्यालको निर्देशन राज्य एक्लैले विकास सम्भव हुँदैन, निजी क्षेत्रको सहभागिता अपरिहार्य: पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे राप्रपाले माग्यो अर्थमन्त्री वाग्लेको राजीनामा विपक्षी दलको अवरोधपछि प्रतिनिधि सभा बैठक बुधबारसम्म स्थगित प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग गर्दै अध्यक्ष राईद्वारा सङ्कल्प प्रस्ताव पेश सभामुखद्वारा संसदमा ५ मिनेट मौनधारणप्रति आपत्ति, ‘सभाको मर्यादा उल्लंघन भएको’ टिप्पणी अर्थमन्त्री वाग्लेले करकाे दर मनलाग्दी संशोधन गरेको सांसद थेवेकाे दाबी प्रधानमन्त्रीको अभिव्यक्तिबाट देशको छवि बिग्रिएको कांग्रेस सचेतक राईको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री ओलीलाई माधव – प्रचण्डको सुझाव: राजीनामा दिनोस !



अ+ अ-

काठमाडौं । सत्तारुढ नेकपाको विवाद समाधानका लागि आज शुक्रबार बालुवाटारमा तीन शीर्ष नेताले आपसमा वार्ता गरेका छन् । त्यस वार्तामा प्रधानमन्त्री केपी ओली र पुष्पकलम दाहाल सहित नेता माधव कुमार नेपाल सहभागी थिए । केही दिनयतादेखि ओली र प्रचण्डले मात्र आपसमा वार्ता गर्ने गरेकोमा आज भने माधव नेपाल पनि थपिएका थिए । माधव नेपाललाई वार्तामा जान प्रचण्डले आग्रह गरेका थिए । त्यसपछि तीन नेताबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा वार्ता भएको हो । 

तर आजको वार्तामा पनि सहमति हुन सकेन । समाचार स्रोतले भन्यो, बरु हिजो अस्तीतिर सहमति होला कि जस्तो भएको थियो तर आज त प्रधानमन्त्रीको राजीनामा बाहेक अर्काे कुनै पनि विषयमा छलफल नै हुन सकेको छैन । 

यसैक्रममा एक समाचार स्रोतले भन्यो, आजको वार्तामा प्रधानमन्त्रीलाई प्रचण्ड र नेपाल दुवै जनाले जतिसक्दो चाँडाे राजीनामा दिन भनेका छन् । तर प्रधानमन्त्रीले आफूले राजीनामा नदिने बताएका छन् । 

नेकपाको स्थायी कमिटी बैठक भोलि साउन २ गतेका लागि तय भएको छ । सोही बैठकको पूर्वसन्ध्यामा सहमति खोज्न भन्दै तीन नेता बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा छलफलमा जुटेका थिए । यसअघिका वार्तामा ओली र प्रचण्ड मात्र बस्दै आए पनि यो पटक प्रचण्ड नेता नेपाललाई लिएर पुगेका थिए । बैठकमा महासचिव विष्णु पौडेल पनि सहभागी थिए । तर विष्णु पौडेलले भने सहमतिको बाटो कसरी सकिन्छ निकाल्नुपर्नेमा जोड दिएको बुझिएको छ । 

बालुवाटारमा भएको भेटमा प्रचण्ड र नेपालले ओलीलाई प्रधानमन्त्रीबाट राजीनामा दिन आग्रह गरे । बालुवाटार जानुअघि अध्यक्ष प्रचण्डको निवास  खुमलाटारमा नेकपा सचिवालय समितिका  ६ नेता प्रचण्ड, माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापाको छलफलमा पनि प्रधानमन्त्रीको राजीनामा माग्ने अडान कायम राख्ने सहमति भएको  एक नेताले बताए । तर ओलीले अध्यक्ष र प्रधानमन्त्री दुबै पद नछाड्ने बताएका छन् ।




भर्खरै