२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
आगामी दशकलाई ‘आन्तरिक रोजगारी प्रवर्द्धन दशक’का रूपमा मनाउने श्रममन्त्री यादवको घोषणा एमाले पुनर्गठन कार्यदलको बैठक च्यासलमा सुरु, एक महिनाभित्र प्रतिवेदन बुझाइने पोखरा बसपार्क निर्माणका लागि महानगर र जग्गाधनीबीच सहमति, रिट फिर्ता लिने समझदारी तोलामा २ हजारले बढ्यो सुनको मूल्य डेडिकेटेड–ट्रङ्क लाइन बक्यौता असुली तत्काल अघि बढाउन अध्यक्ष घिसिङको आग्रह विश्वकप हेर्न हिँडेका एन्फा अध्यक्ष र महासचिवलाई अध्यागमनले विमानस्थलबाट फर्कायो सुरक्षित नेपालका लागि साझेदारी, ज्ञान र उत्थानशीलताको आवश्यकतामा जोड काठमाडौं महानगरपालिकाको १९ औं अधिवेशन यही जेठ ३१ गते हुने ‘होमस्टे’ले बदलिँदै थारू महिलाको जीवनशैली यस्तो सुशासन चाहिँदैन भन्ने अवस्था आयो : शंकर पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

लकडाउन अवधिको सबै भाडा मिनाहा गर्न व्यवसायीको माग



अ+ अ-

काठमाडौं । लकडाउनमा पूरै सटर बन्द भएका कारण  लकडाउन अवधिभरको पूरै भाडा मिनाहा गर्न माग गरेको छ । नेपाल राष्ट्रिय व्यवसायी महासंघले  लकडाउनको मोडालिटी परिवर्तन भएपछि पनि व्यापार ठप्प प्रायः भएको भन्दै लकडाउन अवधिभरको भाडा मिनाहा गर्न माग गरेको हो ।

महासंघका अध्यक्ष नरेश कटुवालले शुक्रबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘लामो समय लकडाउन भएको र लकडाउन केही सहज भइसकेपछि पनि व्यापार ठप्प प्रायः भएका कारण सम्पूर्ण व्यवसायीहरु यतिबेला दैनिक गुजारा टार्नसमेत संकट खेप्नु पर्ने अवस्थामा पुगेका छौं ।’  

अहिले आम व्यवसायीहरुका लागि कोठा भाडा मुख्य चुनौतीको रुपमा देखा परेको भन्दै महासंघले केही दिनको मात्रै नभई लकडाउन अवधिभर पूरैको घरभाडा मिनाहा गर्नुपर्ने बताएको छ ।

महासंघ माताहतको खिचापोखरी व्यापार संघका निवर्तमान अध्यक्ष मनोजबावु श्रेष्ठले व्यवसायीहरु ठूलो समस्यामा परेको भन्दै यतिबेला घरभाडा लिन नहुने बताए ।