२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
आगामी दशकलाई ‘आन्तरिक रोजगारी प्रवर्द्धन दशक’का रूपमा मनाउने श्रममन्त्री यादवको घोषणा एमाले पुनर्गठन कार्यदलको बैठक च्यासलमा सुरु, एक महिनाभित्र प्रतिवेदन बुझाइने पोखरा बसपार्क निर्माणका लागि महानगर र जग्गाधनीबीच सहमति, रिट फिर्ता लिने समझदारी तोलामा २ हजारले बढ्यो सुनको मूल्य डेडिकेटेड–ट्रङ्क लाइन बक्यौता असुली तत्काल अघि बढाउन अध्यक्ष घिसिङको आग्रह विश्वकप हेर्न हिँडेका एन्फा अध्यक्ष र महासचिवलाई अध्यागमनले विमानस्थलबाट फर्कायो सुरक्षित नेपालका लागि साझेदारी, ज्ञान र उत्थानशीलताको आवश्यकतामा जोड काठमाडौं महानगरपालिकाको १९ औं अधिवेशन यही जेठ ३१ गते हुने ‘होमस्टे’ले बदलिँदै थारू महिलाको जीवनशैली यस्तो सुशासन चाहिँदैन भन्ने अवस्था आयो : शंकर पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

गण्डकीमा थपिए १६ संक्रमित, संंक्रमितको संख्या ५०४ पुग्यो



अ+ अ-

पोखरा । आइतबार बिहान बागलुङ, पर्वत, तनहुँ र म्याग्दीमा गरी १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ५०४ पुगेको छ । गण्डकी प्रदेशको ११ वटै जिल्लामा कारोना संक्रमित देखिएका छन् । बाँकी रहेको एक जिल्ला मुस्ताङमा पनि शनिबार साँझ छैरो शरणार्थी शिविरमा काठमाडौंबाट पुगेका ८३ वर्षे पुरुषमा कोरोना पुष्टि भएको हो । बागलुङको गल्कोट नगरपालिकका चार पुरुष, ढोरपाटन नपाका एक पुरुष, काठेखोला गाउँपालिकामा तीन र बागलुङ नगरपालिकाका एक कोरोना संक्रमण पुष्टि भएको छ । म्याग्दीको रघुगगा गाउँपालिका दुई महिला, मंगला गाउँपालिकाका एक पुरुषमा संक्रमण पुष्टि भएको हो ।

तनहुँको रिसिङ गाउँपालिकाका एक पुरुष र पर्वतको कुश्मा नगरपालिकाका दुई पुरुषमा कोरोना संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा विनोदविन्दु शर्माले बताए।
सम्पूर्ण संक्रमितलाई सम्बन्धित जिल्लाहरुमा रहेको आइसोलेसन कक्षमा लैजाने तयारी भैरहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

प्रदेशका ११ वटै जिल्लामा कोरोनाको संक्रमण देखिएसँगै प्रदेशका सबै जिल्ला रेड जोनमा परेका छन् । हालसम्म प्रदेशभर ४९ जना बिरामी निको भएर घर फर्केका छन् । स्याङ्जाको वालिङका ५८ वर्षे पुरुषको निधन भएको छ ।