२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
रुपन्देहीमा भन्सार छलीका कुखुरा र विभिन्न सामानसहित ४ लाखभन्दा बढीको मालसामान बरामद ‘सिएमसी’मा दुर्लभ मानिने मस्तिष्कको नसाको शल्यक्रिया सम्पन्न ११ बजे मन्त्रिपरिषद् बैठक बस्दै ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते नाम्खा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा हुथीद्वारा इजरायलमा क्षेप्यास्त्र प्रहार, लाल सागरमा इजरायली जहाज सञ्चालनमा पूर्ण प्रतिवन्धको घोषणा ओमानको खाडीमा इरानतर्फ जाँदै गरेको तेल ट्याङ्कर अमेरिकी सेनाद्वारा निष्क्रिय दक्षिणी गाजामा इजरायली हवाई आक्रमण, ५ प्यालेस्टिनीको मृत्यु, १० भन्दा बढी घाइते फिलिपिन्समा शक्तिशाली भूकम्पपछि जारी सुनामी चेतावनी इण्डोनेसियाले फिर्ता लियो इरानी पेट्रोकेमिकल उद्योगमाथि आक्रमणको बदलामा इजरायली शहर हाइफामा इरानद्वारा क्षेप्यास्त्र प्रहार
तपाईं के खोज्दै हुनुहुन्छ ?

शिक्षण अस्पतालमा फेरि आन्दाेलन, नवनियुक्त डिन शाह विरूद्ध उत्रिए विद्यार्थी



अ+ अ-

काठमाडौं । त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम)को डिनमा डा दिव्यासिंह शाहको नियुक्तिको विरोध गर्दै सत्तारूढ नेकपा निकट विद्यार्थी संगठन अनेरास्ववियूले डिनकाे कार्यालयमा तालाबन्दी गरेको छ । अनेरास्‍ववियूको महाराजगञ्ज चिकित्सा क्याम्पस कमिटीले आईओएममा तालाबन्दी गरेको हो ।

विद्यार्थी संगठनले डा शाहलाई डिन बनाउने त्रिभुवन विश्वविद्यालयको निर्णय तत्काल सच्याउनुपर्ने माग गरेकाे छ ।

वरिष्ठता र कार्यकुशलताको मापदण्ड मिचेर राजनीतिक पहुँचको आधारमा डा सिंहलाई नियुक्ति गरिएको अनेरास्ववियूकाे दाबी छ । क्याम्पस इकाई अध्यक्ष विनय पंगेनीले आफूहरुको यो कदमप्रति प्राध्यापक तथा कर्मचारीका संगठनहरुको समर्थन रहेको समेत बताए ।

प्रा डा प्रेम ज्ञवाली नेतृत्वको सर्च कमिटीले नाम सिफारिस गरे लगत्तै बुधबार त्रिवि कार्यकारी परिषदले डा शाहलाई आईओएमको डिनमा नियुक्ति गरेको थियाे । शाह प्रधानमन्त्री केपी शर्मा ओलीको निजी चिकित्सकसमेत हुन् ।

प्रधानमन्त्री र शक्तिकाे आडमा वरिष्ठताको राेलक्रम मिचेर डिन नियुक्त गरिएको संगठनकाे भनाइ छ ।

विद्यार्थी नेता पंगेनीले डा गोविन्द केसीको लगातारको अनशनपछि आईओएममा वरिष्ठताको आधारमा डिन छान्ने पद्धति बसेको भन्दै अहिले उक्त पद्धति मिचेर गरिएको निर्णय फिर्ता नहुँदासम्म तालाबन्दी जारी रहने बताए ।