२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
‘सिएमसी’मा दुर्लभ मानिने मस्तिष्कको नसाको शल्यक्रिया सम्पन्न ११ बजे मन्त्रिपरिषद् बैठक बस्दै ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते नाम्खा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा हुथीद्वारा इजरायलमा क्षेप्यास्त्र प्रहार, लाल सागरमा इजरायली जहाज सञ्चालनमा पूर्ण प्रतिवन्धको घोषणा ओमानको खाडीमा इरानतर्फ जाँदै गरेको तेल ट्याङ्कर अमेरिकी सेनाद्वारा निष्क्रिय दक्षिणी गाजामा इजरायली हवाई आक्रमण, ५ प्यालेस्टिनीको मृत्यु, १० भन्दा बढी घाइते फिलिपिन्समा शक्तिशाली भूकम्पपछि जारी सुनामी चेतावनी इण्डोनेसियाले फिर्ता लियो इरानी पेट्रोकेमिकल उद्योगमाथि आक्रमणको बदलामा इजरायली शहर हाइफामा इरानद्वारा क्षेप्यास्त्र प्रहार यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

ऐतिहासक क्षणमा यी सांसद उपस्थित भएनन्



अ+ अ-

काठमाडाैंः प्रतिनिधिसभाकाे शनिबारकाे बैठकमा एउटा महत्वपूर्ण विषयमा मतदान हुने तयारी थियाे । नेपालकाे नक्सामा लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेपछि नेपालकाे संविधानमा रहेकाे निशानछाप परिवर्तन गर्न मतदान हुने कार्यक्रम थियाे ।

अर्थात नेपालकाे नयाँ नक्सालाइ औपचारिक मान्यता संसदबाट दिलाउने र संविधानबाटै नयाँ नक्सालाइ मान्यता दिने ऐतिहासिक क्षणमा संसदमा मतदान हुँदै थियाे । याे क्षण नेपालका लागि निकै ऐतिहासिक पर्व र हरेक नेपालीका लागि गर्वकाे विषय थियाे ।

तर यति महत्वपूर्ण बैठकमा नेपालकाे सार्वभाैम संसदमा नेपाली जनताले चुनेर पठाएका केही सांसद भने उपस्थित नै भएनन् । कूल संसद संख्या २७५ मध्ये २५८ जना मात्र उपस्थित भएर मतदानमा भाग लिए । हुनतः याे संख्या कूल प्रतिनिधिसभाकाे दुइ तिहाइभन्दा बढी हाे, तर केही सांसदकाे अनुपस्थितिलाइ इतिहासले सायद माफी गर्ने छैन । 

अनुपस्थित रहेका सांसदहरू

१. सरिता गिरि  (बैठक बहिस्कार)

२. अमृतादेवी अग्रहरि

३. गाेपाल बहादुर बम

४. दुलारी देवी खत्वेनी

५. धन बहादुर बुढा

६. नागेन्द्र कुमार चाैधरी

७. प्रमाेद साह

८. शिव कुमार मण्डल

९. सूर्य नारायण यादव

१०. सूर्य बहादुर केसी

११. हरिबाेल गजुरेल

१२. ज्ञानकुमारी छन्त्याल

जेलमा रहेका सांसदहरू

१. हरिनारायण रौनियार

२. रेशम चौधरी

३. मोहम्मत अफ्ताब आलम

निलम्बित सांसद

१. विजय कुमार गच्छदार