२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
आगामी दशकलाई ‘आन्तरिक रोजगारी प्रवर्द्धन दशक’का रूपमा मनाउने श्रममन्त्री यादवको घोषणा एमाले पुनर्गठन कार्यदलको बैठक च्यासलमा सुरु, एक महिनाभित्र प्रतिवेदन बुझाइने पोखरा बसपार्क निर्माणका लागि महानगर र जग्गाधनीबीच सहमति, रिट फिर्ता लिने समझदारी तोलामा २ हजारले बढ्यो सुनको मूल्य डेडिकेटेड–ट्रङ्क लाइन बक्यौता असुली तत्काल अघि बढाउन अध्यक्ष घिसिङको आग्रह विश्वकप हेर्न हिँडेका एन्फा अध्यक्ष र महासचिवलाई अध्यागमनले विमानस्थलबाट फर्कायो सुरक्षित नेपालका लागि साझेदारी, ज्ञान र उत्थानशीलताको आवश्यकतामा जोड काठमाडौं महानगरपालिकाको १९ औं अधिवेशन यही जेठ ३१ गते हुने ‘होमस्टे’ले बदलिँदै थारू महिलाको जीवनशैली यस्तो सुशासन चाहिँदैन भन्ने अवस्था आयो : शंकर पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओमानबाट नेपाल फर्कनेकाे हवाइ भाडामा विवाद, सलाम एअरले उद्धार गर्ने दूतावासकाे सूचना



अ+ अ-

काठमाडाैंः कोभिड-१९ को विश्वव्यापी संक्रमणको कारणबाट उत्पन्‍न असहज परिस्थितिका कारण स्वदेश फर्किनै पर्ने नेपाली नागरिकहरुका लागि ओमानस्थित नेपाली दूतावासले सलाम एयरसँग सम्झाैता गरेकाे छ ।

नेपाल सरकारले ताेकेकाे भाडादर सलाम एयरकाे भन्दा झण्डै दाेब्बर भएपछि दूतावासले उक्त निर्णय गरेकाे बताइएकाे छ । दूतावासले सार्वजनिक गरेकाे सूचनामा नेपाल फर्कन चाहने नेपालीले प्रतिव्यक्ति ११५ ओमानी रियाल अर्थात करिब ३४ हजार नेपाली रूपैयाँ तिरे पुग्ने उल्लेख छ । जबकी नेपाल सरकारले ताेकेकाे भाडा ५१० अमेरिकी डलर अर्थात करिब ६१ हजार रूपैयाँ रहेकाे छ ।

नेपाल सरकारले अन्य मुलुकका लागि पनि भाडादर ताेकेकाे छ, तर त्याे भाडा निकै महंगाे भएकाे गुनासाे छ । श्रमिकहरूले यतिधेरै भाडा तिर्न, बुझाउन मुश्किल पर्ने यस क्षेत्रका जानकाहरू बताउँछन् ।

ओमानस्थित नेपाली दूतावासकाे सूचनामा नेपाली नागरिकलाई स्वदेश आउन सहजीकरण गर्ने सम्बन्धी आदेश, २०७७ तथा कार्ययोजना २०७७ मा तोकिएको प्रावधान अनुरुप प्राथमिकताको आधारमा व्यवस्थित रुपमा नेपाल लैजाने प्रयोजनका लागि विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुरुप यात्रा गर्ने समयमा कम्तिमा सात दिनभित्रको काेविड१९ नेगेटिभ रिपोर्ट अनिवार्य रुपमा पेश गर्नुपर्ने भनिएकाे छ ।

ओमानबाट घर फिर्तीका लागि दूतावासमा विभिन्‍न माध्यमबाट नाम टिपाउनु भएका मध्ये प्राथमिकताका आधारमा पहिलाे उडान आउँदो जुन 15 मा सलाम एअर मार्फत हुने गरी तय भएको पनि दूतावासकाे सूचनामा छ ।

दूतावासले आफूलाई पायक पर्ने कुनैपनि नजिकको परीक्षण केन्द्रमा (वा दूतावासको जानकारीमा भएबमोजिमका स्वास्थ्य संस्थाहरूमा) कोभिड-१९ को पिसिअार परीक्षण गराई नेगेटिभ रिपोर्ट प्राप्त हुनेहरूले सलाम एअरको कलसेन्टरमा फोन गरी टिकट खरिद गर्न वा सो सम्बन्धी थप जानकारी प्राप्त गर्न सकिने पनि जनाएकाे छ ।