२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
यस्तो सुशासन चाहिँदैन भन्ने अवस्था आयो : शंकर पोखरेल २०२५ मा विश्व अशान्तिको चरम बिन्दुमा पुगेको प्रतिवेदनको निष्कर्ष रुपन्देहीमा भन्सार छलीका कुखुरा र विभिन्न सामानसहित ४ लाखभन्दा बढीको मालसामान बरामद ‘सिएमसी’मा दुर्लभ मानिने मस्तिष्कको नसाको शल्यक्रिया सम्पन्न ११ बजे मन्त्रिपरिषद् बैठक बस्दै ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते नाम्खा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा हुथीद्वारा इजरायलमा क्षेप्यास्त्र प्रहार, लाल सागरमा इजरायली जहाज सञ्चालनमा पूर्ण प्रतिवन्धको घोषणा ओमानको खाडीमा इरानतर्फ जाँदै गरेको तेल ट्याङ्कर अमेरिकी सेनाद्वारा निष्क्रिय दक्षिणी गाजामा इजरायली हवाई आक्रमण, ५ प्यालेस्टिनीको मृत्यु, १० भन्दा बढी घाइते
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिरहा कारागारमा क्षमताभन्दा तीन गुणा बढी कैदीबन्दी



अ+ अ-

सिरहा। जिल्ला कारागार सिरहामा क्षमताभन्दा तीन गुणा बढी कैदीबन्दी राखिदा व्यवस्थापनमा चुनौती थपिएको छ ।

एक सय ५० जना क्षमताको कारागारमा हाल चार सय ५८ जना कैदीबन्दी रहेका छन् । अत्यधिक चाप र गर्मीका कारण कैदीहरू सुत्नसमेत पालो मिलाएर बस्न बाध्य छन् ।

कैदीबन्दीको चापसँगै अवैध गतिविधि हुने गरेको गुनासो बढेपछि आज यहाँ सुरक्षा निकाय सम्मिलित टोलीले अनुगमन गरेको छ । जिल्ला प्रशासन कार्यालय सिरहाको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानको संयुक्त टोलीले कैदीबन्दीको कोठामा पुगेर अनुगमन गरेको कारागार प्रमुख सुवोध महतोले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “कारागारमा आज अनुगमन गरिएको छ । क्षमताभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापनमा कठिनाइ छ । अनुगमनका क्रममा कैदीबाट पङ्खा, कुलरलगायतका सुविधाको माग गरिएको छ ।”

महतोका अनुसार ५४ वर्ष पुरानो यो कारागारको भवन र पर्खालसमेत जीर्ण छ । यी समस्या समाधानका लागि पटक–पटक माग गर्ने गरिएको छ ।

यसअघि कारागारभित्र आपराधिक गतिविधि भएको आरोपमा छानबिन समितिसमेत गठन गरिएको थियो । डेढ महिना लगाएर बुझाइएको प्रतिवेदन अझै सार्वजनिक भइसकेको छैन ।