२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
प्रधानमन्त्रीको अभिव्यक्तिबाट देशको छवि बिग्रिएको कांग्रेस सचेतक राईको दाबी कर प्रणाली सुधार, सहकारी संकट समाधान र रेमिट्यान्स निर्भरता घटाउन बजेटले ध्यान दिन सकेनः सारू सरकारले सुशासनका राम्रा अभ्यास गरेको छः यादव रास्वपा मधेश प्रदेश अधिवेशनका सम्पूर्ण गतिविधि अर्को सूचना नआएसम्म स्थगित प्रतिनिधिसभा बैठक सुरू, विपक्षी दलको अवरोध कायमै करकाे दर हेरफेर विवादमा सरकारद्धारा अर्थमन्त्रीको बचाउ, मेहनत गरेर बजेट ल्याएकाे दाबी विपक्षीसँग प्रधानमन्त्रीलाई सोध्ने प्रश्न नै रहेनछन्ः प्रवक्ता पोखरेल रास्वपा बागमती प्रदेश अधिवेशन हेटौँडामा सुरु, नयाँ नेतृत्व चयन हुँदै महावीर पुन विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री बन्दै सुधन गुरुङमाथिको छानबिन प्रतिवेदन सरकारले गर्‍यो ग्रहण
तपाईं के खोज्दै हुनुहुन्छ ?

तनहुँका दुई लाख ९० हजार पशुमा पूर्णखोप



अ+ अ-

तनहुँ। जिल्लाका करिब ४६ हजार बढी परिवारले पालेका पशुलाई पूर्णखोप लगाइएको छ । जिल्लास्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले गत आर्थिक वर्षमा जिल्लाका दश पालिकाका दुई लाख ९० हजार ६८५ पशुमा पूर्णखोप लगाएको हो ।

सङ्क्रामक रोगका कारण हुने पशुजन्य उत्पादनको गिरावटलाई कम गरी खोपका माध्यमबाट पशुधनको सुरक्षा तथा उत्पादन वृद्धिका लागि जिल्लाका सबै पालिकाका पशुमा खोप लगाइएको केन्द्रका प्रमुख रविनसन अधिकारीले जानकारी दिनुभयो ।

गण्डकी प्रदेश सरकारले प्रदेशलाई पूर्णखोपयुक्त बनाएर सङ्क्रामक रोग निमूल पार्ने लक्ष्य राखेको छ । तनहुँमा व्यावसायिक पशुपालन बढिरहेकाले यहाँबाट विभिन्न जिल्लामा पशुजन्य पदार्थको आयातनिर्यात हुने भएकाले पूर्णखोप सुनिश्चित अभियान सञ्चालन गरिएको उहाँले बताउनुभयो ।

प्रमुख अधिकारीका अनुसार खोप कार्यक्रमका लागि ९३ जना खोपकर्ता नियुक्त गरिएको थियो । दश स्थानीय तहका एक हजार ११३ टोल, ८५ वटा वडा, ४६ हजार ७१ घरधुरीमा पुगेर दुई लाख ९० हजार ६८५ पशुमा खोप लगाइएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार छ हजार ६२४ कुकुर तथा बिरालोमा रेबिजविरुद्धको खोप पनि लगाइएको छ ।

अधिकारीले व्यास नगरपालिकामा सबैभन्दा बढी ३६ हजार ९२९ र सबैभन्दा कम आँबुखैरेनी गाउँपालिकामा १८ हजार १०७ पशुमा खोप लगाइएको जानकारी दिनुभयो ।

पशुबाट मानिस र मानिसबाट पशुमा सर्ने जुनोटिक रोगलाई नियन्त्रण गरी जनस्वास्थ्यमा पार्ने नकारात्मक असरबाट बचाउन र पशुजन्य रोगको उपचार तथा नियन्त्रणमा लाग्ने समय र खर्चको बचतका लागि पूर्णखोप कार्यक्रम प्रभावकारी बन्दै गएको उहाँको भनाइ छ । रासस