२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
शिक्षा र स्वास्थ्यमा प्रस्तावित कर नीति उपयुक्त नभएको करविद् चन्द्रमणि अधिकारीको टिप्पणी एमाले अध्यक्ष ओलीको आग्रह : एकताबद्ध भएर जनतामाझ सक्रिय हुनुस् बीवाईडी कर छली प्रकरण छानविनका लागि तत्काल संसदीय छानविन समिति गठन गर्नुपर्दछः हर्कराज राई प्रधानमन्त्रीलाई नेकपा सांसद चन्दको प्रश्नः हामीले भारतको सीमा मिचेका छौँ, भन्ने जानकारी कसले दियो ? दुग्ध विकास बोर्डलाई प्रभावकारी र परिणाममुखी बनाउन मन्त्री चौधरीकाे आग्रह पूर्वअर्थमन्त्री महतले भने: २१ खर्ब २४ अर्बको बजेट महत्वाकांक्षी तर कार्यान्वयनयोग्य सभामुखले संसदलाई पेलेर लैजाने नीतिले सही गन्तव्यमा पुग्न सकिँदैनः सांसद शाही प्रतिनिधि सभाको मर्यादा कायम राख्न सभामुख अर्यालको निर्देशन राज्य एक्लैले विकास सम्भव हुँदैन, निजी क्षेत्रको सहभागिता अपरिहार्य: पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे राप्रपाले माग्यो अर्थमन्त्री वाग्लेको राजीनामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

३५ वटा स्वास्थ्य संस्थालाई उपकरण हस्तान्तरण



अ+ अ-

काठमाडौँ। स्वास्थ्य सेवा विभागले ३५ वटा सरकारी स्वास्थ्य सस्थालाई स्वास्थ्यजन्य औजार उपकरण हस्तान्तरण गरेको छ ।

विभागले आज यहाँ आयोजना गरेको कार्यक्रममा सङ्घीय, प्रादेशिक, प्रतिष्ठान, जिल्ला र पालिका अस्पताल गरी ३५ वटा स्वास्थ्य संस्थालाई आज करिब रु ७० करोड बराबरको स्वास्थ्यजन्य औजार उपकरण हस्तान्तरण गरिएको हो ।

विभागका महानिर्देशक डा टङ्कप्रसाद बाराकोटी र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अतिरिक्त सचिव डा श्रीकृष्ण श्रेष्ठले ती अस्पताललाई आज स्वास्थ्यजन्य उपकरण तथा औजारहरु हस्तान्तरण गर्नुभएको हो ।

विभागका आपूर्ति व्यवस्थापन महाशाखाका निर्देशक डा पवनजङ्ग रायमाझीले आर्थिक वर्ष २०८१÷८२ मा खरिद गरिएका स्वास्थ्यजन्य उपकरण तथा औजारहरु स्वास्थ्य संस्थालाई हस्तान्तरण गरिएको बताउनुभयो ।

उहाँका अनुसार वीर अस्पताल, पाटन स्वास्थ्य तथा विज्ञान प्रतिष्ठान, राष्ट्रिय क्षयरोग रोग नियन्त्रण केन्द्र, निजामती कर्मचारी अस्पताल, सहिद गङ्गलाल हृदय राष्ट्रिय केन्द्र, राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान, बैतडी अस्पताल, दैलेख अस्पताल, कान्ति वाल अस्पताल लगायत ३५ वटा अस्पताललाई स्वास्थ्य जन्य उपकरण हस्तान्तरण गरिएको हो ।

निर्देशक डा रायमाझीले अस्पतालको माग र आवश्कताका आधारमा उपकरण वितरण गरिएको जानकारी दिनुभयो । ती स्वास्थ्य संस्थालाई मुटुको उपचारका लागि अत्याधुनिक उपकरण, मिर्गौलाको डायलासिस उपकरण, जनरल शल्यक्रिया, प्रयोगशालाका लागि अत्याधुनिक उपकरण, क्षयरोग स्क्रिनिङ, पेटसम्बन्धी रोगको पहिचान लगायतका उपकरण वितरण गरिएको छ ।

कार्यक्रममा विभागका महानिर्देशक डा बाराकोटीले वितरण गरिएका उपकरणले बिरामीको स्वास्थ्य उपचारमा सहयोग पुर्याउने बताउनुभयो । उहाँले अस्पतालहरुले प्राप्त गरेका उपकरणको सही सदुपयोग गर्नुसमेत आग्रह गर्नुभयो ।

मन्त्रालयका अतिरिक्त सचिव डा श्रेष्ठले राज्यले ठूलो रकम खर्च गरेर बिरामीको उपचारमा उपकरण खरिद गरेको भन्दै तुरुन्तै ती उपकरणको प्रयोगमा ल्याउन आग्रह गर्नुभयो ।

महाशाखाका निर्देशक डा रायमाझीका अनुसार अहिलेसम्म आव २०८१÷८२ मा रु दुई अर्ब एक करोड ९१ लाख ८६ हजार ८४ बराबरको कूल १४ हजार ६१ वटा उपकरण तथा औजारहरु अस्पताललाई हस्तान्तरण गरिसकेको छ ।  रासस




भर्खरै