२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
प्रधानमन्त्रीलाई काँग्रेस नेता केसीको सुझावः इतिहास अध्ययन गर्नुस् निर्वाचन समीक्षा र संगठन पुनर्गठनका लागि एमालेले देशव्यापी सुझाव सङ्कलन अभियान चलाउने एमाले कार्यदल बैठकको निर्णय: असार १९ सम्म देशव्यापी सुझाव सङ्कलन कार्यक्रम प्रधानमन्त्री शाहको अभिव्यक्तिप्रति एमाले सांसद मिनान्सी रखालको आपत्ति, माफी र राजीनामाको माग महाधिवेशनको विषयमा पार्टीका नेतासँग संवाद भइरहेको छ : सभापति थापा सरकारद्वारा २५ अत्यावश्यक सेवामा हडताल निषेध विपक्षीको अवरोधपछि राष्ट्रिय सभा बैठक स्थगित, सरकार र राजनीतिक दलप्रति अध्यक्ष दाहालको असन्तुष्ट सरकारले दबाब दिएर मात्रै नतिजा आउँदैनः पूर्वउपाध्यक्ष पोखरेल बिपी राजमार्गको रोशी क्षेत्रमा सवारी आवागमन बन्द कांग्रेसले बोलायो सिंहदरबारमा विपक्षी दलहरूको संयुक्त बैठक
तपाईं के खोज्दै हुनुहुन्छ ?

मधेसलाई विपद संकटग्रस्त क्षेत्र घोषणा गर्ने तर राहत प्याकेज नल्याउनु सरकारको नालयकीपन हो : प्रभु साह



अ+ अ-

कलैया। आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सरकारले मधेसलाई विपद संकटग्रस्त क्षेत्र घोषणा गर्ने तर राहत प्याकेजको कुनै योजना नल्याउनु सरकारको नालायकीपन भएको टिप्पणी गरेका छन् ।

बाराको कलैया स्थित उधोग बाणिज्य संघको सभाहलमा आजपाद्धारा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै आजपा अध्यक्ष साहले राहत प्याकेज बिना सुख्खाक्षेत्र घोषणाले पीडितलाई झन पीडित बनाएको बताए ।

मधेसमा जलसंकट देखिएपछि सरकारले मधेसका आठ जिल्लालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको थियो । तर सरकारले अहिलेसम्म राहतको कुनै प्याकेज ल्याउन सकेको छैन् ।

‘मधेसमा जलसंकटले सर्वसधारणदेखी किसानसम्म मर्कामा परेका छन्, समस्यामा छन् । सरकारले विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्नु त ठिकै हो । तर के सरकारको काम केवल संकटग्रस्त घोषणामात्रै हो ? के सरकारले पिडामा रहेका ति मान्छेका लागि कुनै राहतको प्याकेज ल्याउँनु हुँदैन ? राहत प्याकेजको कुनै योजना नल्याउनु सरकारको नालायकीपन हो,’ आजपा अध्यक्ष साहले भने ।

तराई मधेसमा पानीको हाहाकार छ । जलसंकट भएर किसानदेखी सर्वसधारणसम्मका व्यक्तिहरु पीडामा रहेको बताउदै सरकारको जिम्मेवारी संकटग्रस्त क्षेत्र घोषणा गर्नु मात्रै नभएको बताए । साहले पीडितलाई तत्काल राहत प्याकेज सहित दिर्घकालिन रुपमा पानीको समस्या समाधानमा सरकार लाग्नुपर्ने ध्यानाकर्षण गराएका छन् ।

मधेसमा जलसंकट देखिएपछि हेलिकप्टरमा सैयर गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले पाँच सय डिपबोरिङ गाड्ने घोषणा गरेको तर हालसम्म एउटा पनि डिपबोरिङ नगाडिएको भन्दै उनको घोषणा हावादारी गफ मात्रै भएको टिप्पणी गरे ।

‘प्रधानमन्त्रीजी हेलिकप्टरमा सैयर गर्दै आउनुभयो र पाँच सय डिप बोरिङ गाड्ने भन्नु भयो । म सोध्न चाहन्छु त्यो पाँच सय डिप बोरिङ कहाँ छ ? कहिले गाड्ने हो ? यस्तो हावादारी गफ गरेर जनताको भावनासंग खेलवाड गर्न पाइन्छ ?,’ आजपा अध्यक्ष साहले प्रश्न गरे ।

प्रधानमन्त्री ओलीले मधेसका जिल्लामा पाँच सय डिपबोरिङ गाडने आश्वासन दिएपनि तीन हप्ताभन्दा बढी समय बित्दा समेत सर्वसधारणले डिपबोरिङ पाउँन सकेका छैनन् ।

‘प्रधानमन्त्रीजी तपाईको सुख्खाक्षेत्र घोषाण के भयो ? तपाईले मधेसमा पाँच सय डिपबोरिङ गाडछु भन्नुभएको थियो । तर आज ती हप्ता हुँदा समेत त्यो डिपबोरिङ कहाँ–कहाँ गाडनुभयो ? डिपबोरिङ बारेमा तपाईकै सरकारी निकायलाई थाहा छैन । न सिचाइलाई थाहा छ, न त खानेपानी मन्त्रालयलाई थाहा छ,’ साहले भनिन्, ‘न योजना छ, न बजेट छुट्याउनुभएको छ । मधेसी जनतासंग यस्तो भद्धा मजाक किन ? तपाई त विदेशबाट महंगो मिनिरल वाटर मगाएर खानुहुन्छ । तर मधेसका जनताले साधारण पानी नपाएर तडपाउने काम किन गर्नुहुन्छ ?’
आश्वासन नभई पीडित जनतालाई राहत प्याकज दिन उनले माग गरेका छन् । अहिले मधेसमा खानेपानी नपाएर जनता मारमा परेका छन् । चापाकल सुकेको छ, इनार सुकेको छ तर पनि सरकारले यस्तो गम्भिर बिषयमा ध्यान नदिइ जनताको भावनासंग खेलवाड गरिरहेको उनले बताए ।

सरकारले मधेश प्रदेशमा जलसंकट देखिएपछि मधेशका आठ जिल्लालाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको थियो । खानेपानीदेखि खेतीकिसानीका लागि आवश्यक पानीको हाहाकार भएपछि विपद् संकटग्रस्त घोषणा भएको मधेशका गाउँमा भने कुनै राहत पुगेको छैन् ।

आजपा बाराका अध्यक्ष राजकिशोर साहको अध्यक्षतामा भएको कार्यक्रममा आजपा केन्द्रीय कार्यालयका सदस्यहरु अशोक लामा, त्रिभुवन साह, उमेश कुश्वाहा लगायतको विशेष सहभागिता रहेको थियो । उनीहरुले जलसंकट भएर जिल्लाका किसानदेखी सर्वसधारण नागरिकले दुख पाइरहेको जनाएका छन् ।