२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
उपराष्ट्रपति यादवसँग इजिप्टका राजदूतको शिष्टाचार भेट नागरिकको अपेक्षा पूरा गर्न हामी प्रतिबद्ध छ : रास्वपा महामन्त्री बुर्लाकोटी पुरस्कार र दण्डको नीतिलाई कडाईका साथ लागु गर्न महानिरीक्षकको निर्देशन अतिक्रमित संरचना हटेपछि पृथ्वीचोक–नयाँबजार सडक फराकिलो शपथ लिन शीतल निवास पुगे गुरूङ र पुन विपक्षी दलहरूको संयुक्त बैठक सिंहदरबारमा जारी भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान २०८२ सम्पन्न, मीरा राणा र सी.के.रसाइली सम्मानित सर्वोच्चद्वारा सांसद बोहराको नाम प्रतिवेदनमा समावेश गर्नुको कारण पेश गर्न आयोगलाई आदेश मन्त्रिपरिषद् बैठकमा डीडीसीका परिकार प्रधानमन्त्रीलाई काँग्रेस नेता केसीको सुझावः इतिहास अध्ययन गर्नुस्
तपाईं के खोज्दै हुनुहुन्छ ?

कैलाली कारागारमा कैदीबन्दीबीच झडप, पाँच जना घाइते



अ+ अ-

 कैलाली। कैलाली कारागारमा बिहीबार कैदीबन्दीबीच झडप हुँदा पाँच जना घाइते भएका छन्। झडपको कारण एक समूहको सरूवाका क्रममा उत्पन्न विवाद रहेको बताइएको छ।

जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीका अनुसार घाइते पाँचै जनाको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। तर उनीहरूको विस्तृत विवरण भने अझै आउन बाँकी रहेको उनले जानकारी दिए।

कैलालीका प्रमुख जिल्ला अधिकारी गोगनबहादुर हमालका अनुसार झडप भूपेन्द्र बडुवाल हत्या प्रकरणमा संलग्न रहेको आरोपमा रहेका तीन जना कैदीबन्दीको सरूवाका क्रममा भएको हो। उनीहरूलाई अन्य कारागारमा स्थानान्तरण गर्ने प्रक्रिया चलिरहेका बेला विवाद उत्पन्न भई झडप भएको हमालले बताए।

प्रहरी र कारागार प्रशासनले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।