२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने श्रीलङ्कामा तीन दिने डेङ्गु नियन्त्रण कार्यक्रम सुरु, पहिलो दिनमै व्यापक निरीक्षण मध्यपूर्व तनाव घट्ने सङ्केतसँगै लगानीकर्तामा उत्साह वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व संकलन शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि… कामपा नगरसभाको १९औँ अधिवेशन आगामी ३१ मा पोखरा–भरतपुर–लुम्बिनीबीच पर्यटन प्रवर्द्धनका लागि ‘सिल्भर ट्रयाङ्गल’ समझदारी योग्य, सक्षम इमान्दारी नेतृत्व आवश्यक छ: महामन्त्री बुर्लाकोटी पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

फुटबल खेलाडी तथा प्रशिक्षकको बिदाइ



अ+ अ-

काठमाडौँ।  सशस्त्र प्रहरी बल नेपालले उज्वेकिस्तानको कर्सी सहरमा सञ्चालन हुने एएफसी ओमन्स क्लब च्याम्पिएन्स २०२५–२०२६ मा सहभागी हुन जान लागेका नेपाल एपीएफ क्लबका फुटबल खेलाडी, प्रशिक्षक र अधिकारीहरुलाई बिदाइ गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा हलचोकमा एक समारोहबीच सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्यालले एसियन फुटबल कन्फेरेडेसनको आयोजनामा यही भदौ ९ देखि १५ गते (अगस्ट २५ देखि ३१) सम्म हुने उक्त खेलमा सहभागी हुने खेलाडीसहितका प्रतिनिधिहरुलाई बिदाइ गर्नुभएको हो ।

महानिरीक्षक अर्यालले जितको भावनाका साथ खेल खेल्न अनुरोध गर्नुभयो । उहाँले खेल सङ्गठनको मात्र नभई राष्ट्रको गौरवको कुरा भएकाले खेलाडीले अनुशासित भई खेल्नुपर्ने तथा यसलाई महत्वपूर्ण अवसरको रुपमा लिनुपर्ने भनाइ राख्नुभयो ।

त्यस अवसरमा महानिरीक्षक अर्यालले अग्नि इनकर्पोरेट प्रालिका प्रबन्धक निर्देशक अर्जुनप्रसाद शर्मालाई आइजी एपीएफ कमेण्डेसनबाट सम्मान गर्नुभयो । एन्फा अध्यक्ष पङ्कज विक्रम नेम्वाङले खेलाडीहरुले जितको शुभकामना दिनुभयो ।

त्यस अवसरमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज दाहाल, सशस्त्र प्रहरी नायब महानिरीक्षक कालिदास धौवजी, सशस्त्र प्रहरी बल नेपाल खेलकुद तथा शारीरिक सुगठन शिक्षालय काठमाडौँका समादेशक सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक कमलप्रसाद तिउसीनालगायतको उपस्थिति थियो । रासस