२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने श्रीलङ्कामा तीन दिने डेङ्गु नियन्त्रण कार्यक्रम सुरु, पहिलो दिनमै व्यापक निरीक्षण मध्यपूर्व तनाव घट्ने सङ्केतसँगै लगानीकर्तामा उत्साह वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व संकलन शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि… कामपा नगरसभाको १९औँ अधिवेशन आगामी ३१ मा पोखरा–भरतपुर–लुम्बिनीबीच पर्यटन प्रवर्द्धनका लागि ‘सिल्भर ट्रयाङ्गल’ समझदारी योग्य, सक्षम इमान्दारी नेतृत्व आवश्यक छ: महामन्त्री बुर्लाकोटी पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

विद्यालयमा सूचना प्रविधि र पूर्वाधार निर्माण हुने



अ+ अ-

विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशका हिमाली र पहाडी जिल्लास्थित सबै माध्यमिक विद्यालयमा पूर्वाधार निर्माण र आइसिटी (सूचना प्रविधि) पहुँच विस्तारको कार्यक्रम सुरु हुने बताउनुभएको छ ।

धनकुटाको सहिद भूमि गाउँपालिकामा आयोजित कार्यक्रममा मुख्यमन्त्री कार्कीले खेतान फाउन्डेसनको सहयोगमा १० वर्षभित्र यो कार्यक्रम पूरा गर्नेगरी योजना अघि बढाइएको जानकारी दिनुभयो । सो अवसरमा उहाँले फाउन्डेसनले सहिद भूमि–६ मा निर्माण गरेको ठाकुरदेवी माविको भवन उद्घाटन गर्नुभयो । रु ९२ लाखको लागतमा उक्त भवन निर्माण गरिएको हो ।

मुख्यमन्त्री कार्कीले शिक्षाक्षेत्र सुधारका लागि प्रदेश सरकारले ठोस कदम चालेको उल्लेख गर्दै भन्नुभयो, “यो केवल भवन निर्माण मात्र होइन, ज्ञान र प्रविधिको आधार तयार पार्ने अभियान हो ।”

सिपी फाउन्डेसनका अनुसार ठाकुरदेवी विद्यालय निर्माणपछि सहिद भूमि गाउँपालिकाभित्रका सबै विद्यालयलाई सूचना प्रविधि र कम्प्युटरसहितको पूर्वाधारयुक्त विद्यालय बनाइनेछ । फाउन्डेसनका संस्थापक सिपी खेतानले विभिन्न दातृ संस्थाको सहकार्यमा कोशी प्रदेशका हिमाली तीन र पहाडी आठ जिल्लाका करिब ५०० विद्यालयमा पूर्वाधार तथा आइसिटी निर्माण गरिने जानकारी दिनुभयो । उक्त परियोजना करिब रु १५ अर्बको लगानीमा अघि बढाइएको हो ।

सो अवसरमा सहिद भूमि गाउँपालिका र सिपी फाउन्डेसनले गाउँपालिकालाई ‘नमूना पालिका’ बनाउने समझदारीपत्रमा हस्ताक्षर गरेका थिए । सो समझदारीअनुसार पालिकामा करिब रु दुई अर्बदेखि रु तीन अर्ब लगानी हुने र सम्पूर्ण विद्यालय, स्वास्थ्य चौकी, लघुउद्यमशीलता तथा सडक कालोपत्र गरिने छ ।

सहिद भूमि गाउँपालिकाका अध्यक्ष मनोज राईले यो सम्झौताले धनकुटाको पछाडि परेको सहिद भूमि पालिकालाई ‘नमूना पालिका’का रूपमा स्थापित गर्ने विश्वास व्यक्त गर्नुभयो ।