२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने श्रीलङ्कामा तीन दिने डेङ्गु नियन्त्रण कार्यक्रम सुरु, पहिलो दिनमै व्यापक निरीक्षण मध्यपूर्व तनाव घट्ने सङ्केतसँगै लगानीकर्तामा उत्साह वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व संकलन शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि… कामपा नगरसभाको १९औँ अधिवेशन आगामी ३१ मा पोखरा–भरतपुर–लुम्बिनीबीच पर्यटन प्रवर्द्धनका लागि ‘सिल्भर ट्रयाङ्गल’ समझदारी योग्य, सक्षम इमान्दारी नेतृत्व आवश्यक छ: महामन्त्री बुर्लाकोटी पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालेनसँग भेटेपछि बाबुरामः नयाँ र वैकल्पिक शक्तिहरु एक हुँदा मेरो समर्थन रहन्छ



अ+ अ-

काठमाडौँ ।  पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नयाँ र वैकल्पिक शक्तिहरु एकजुट भएर अघि बढ्नुपर्ने बताउनुभएको छ ।

बिहीवार ज्वागलमा काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहसँगको भेटपछि यस्तो प्रतिक्रिया दिनुभएको हो । उहाँले आफू नयाँ र वैकल्पिक शक्ति एक भएर अघि बढ्न सुझाव दिन आएको बताउनु भयो । उहाँले वैकल्पिक शक्तिहरु एक हुँदा आफ्नो समर्थन रहने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नयाँ र वैकल्पिकहरु जति पनि छन्, एक भएर अघि बढ्नुस्, मेरो समर्थन रहन्छ भनेँ ।’

बिहीवार बिहानैदेखि प्रमुख साहलाई भेट्न विभिन्न राजनतिक दलका नेताहरु ज्वागल पुगेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेदेखि, शिशिर खनाल लगायतका नेताहरुले छलफल गरेका छन् । साहसँग अन्तरिम सरकारका मन्त्री एवं उल्यालो पार्टी नेपालका संरक्षक कुलमान घिसिङ, नेपाली काँग्रेस नेता डा. सुनिल शर्मा, नेता अमरेशकुमार सिंह लगायतका नेताहरुले पनि साहलाई भेटेका छन् । नयाँ राजनीतिक शक्तिहरु एक भएर आगामी निर्वाचनमा जानुपर्ने भन्दै उनीहरुको भेट भएको हो ।