काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र नेपाली कम्युनिस्ट पार्टि (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ ।
सञ्चारमन्त्री खरेल प्रचण्डलाई भेट्न उनको निवास हात्तीबन पुगेका छन् ।
आज नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको भेटपछि खरेल प्रचण्ड भेट्न पुगेका हुन् ।
भेटमा खरेलले फागुन २१ को निर्वाचन केन्द्रित छलफल भएको जानकारी दिए ।
साथै, खरेल भोलि शनिबार बालुवाटारमा तीन दलका शीर्ष नेतासँग प्रधानमन्त्रीले गर्ने भनिएको छलफलको निम्तो दिन पनि शीर्ष नेताको निवासमा पुगेका हुन् ।













