२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
ऋण असुलीबाट शिव शिखरका थप २१६ जना पीडितले पाए रकम, बचत फिर्ता पाउने को संख्या… विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि रवि लामिछानेविरुद्धको संगठित अपराधको आरोप हट्यो, सहकारी मुद्दामा मिलापत्रको बाटो खुला शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनमा सञ्चार मन्त्रालयको उल्लेख्य प्रगति मन्त्रिपरिषद्‌मा सुधनलाई पाँचौं र महावीरलाई आठौं वरियता गृहमन्त्री गुरुङ र नवप्रवर्तनमन्त्री पुनले लिए मन्त्री पदको शपथ उपराष्ट्रपति यादवसँग इजिप्टका राजदूतको शिष्टाचार भेट नागरिकको अपेक्षा पूरा गर्न हामी प्रतिबद्ध छ : रास्वपा महामन्त्री बुर्लाकोटी पुरस्कार र दण्डको नीतिलाई कडाईका साथ लागु गर्न महानिरीक्षकको निर्देशन अतिक्रमित संरचना हटेपछि पृथ्वीचोक–नयाँबजार सडक फराकिलो
तपाईं के खोज्दै हुनुहुन्छ ?

जसपा केन्द्रीय समितिको बैठक सुरु (भिडियो)



अ+ अ-

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय समिति बैठक शुरु भएको छ । काठमाडौंमा आज (आईतवार) बाट शुरु भएको पार्टीको केन्द्रिय समिति बैठकमा आसन्न स्थानीय निर्वाचनमा पार्टीको सहभागिता कसरी हुन्छ भन्ने बारेमा छलफल हुने पार्टीका प्रचार विभाग प्रमुख डम्बर खतिवडाले बताउनु भयो । उहाँले बैठकमा स्थानीय निर्वाचन निर्देशिका प्रश्तुत गरिने र त्यसलाई छलफल गरेर पारित गर्ने बताउनु भयो । प्रचार विभाग प्रमुख खतिवडाले बैठकमा पार्टीका आन्तरिक संगठनात्मक कुराहरुको बारेमा पनि छलफल हुने बताउनु भयो ।

प्रचार विभाग प्रमुख खतिवडाले भन्नुभयो, ‘आजको बैठकमा केही स्पेसीफिक एजेण्डाहरुमा आधारित भएर छलफल गर्नेछौँ । यो बैठक भोलिसम्म चल्नेछ । यसका मुख्य ४ वटा एजेण्डाहरु छन् । पहिलो एजेण्डा भनेको आसन्न स्थानीय निर्वाचनमा पार्टीले कसरी भाग लिन्छ भन्ने बारेमा स्थानीय निर्वाचन निर्देशिका हलमा प्रश्तुत भइरहेको छ । नवराज सुवेदीले त्यो प्रश्तुत गरिरहनु भएको छ । यसलाई हामी छलफल गरेर पारित गर्नेछौँ । दोस्रो एजेण्डा भनेको हाम्रो पार्टीको आन्तरिक संगठनात्मक जीवनसँग सम्बन्धित केही संगठनात्मक प्रश्तावहरु हुनेछन् । तेस्रो भनेको देशको राजनीतिक, समसामयिक परिस्थितिबारे हामी एउटा प्रश्ताव पारित गर्नेछौँ ।’

प्रचार विभाग प्रमुख खतिवडाले दुई दिनसम्म चल्ने केन्द्रिय समितिको बैठकमा देशको राजनीतिक र समसामयिक विषयमा पनि छलफल हुने बताउनु भयो ।