२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने श्रीलङ्कामा तीन दिने डेङ्गु नियन्त्रण कार्यक्रम सुरु, पहिलो दिनमै व्यापक निरीक्षण मध्यपूर्व तनाव घट्ने सङ्केतसँगै लगानीकर्तामा उत्साह वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व संकलन शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि… कामपा नगरसभाको १९औँ अधिवेशन आगामी ३१ मा पोखरा–भरतपुर–लुम्बिनीबीच पर्यटन प्रवर्द्धनका लागि ‘सिल्भर ट्रयाङ्गल’ समझदारी योग्य, सक्षम इमान्दारी नेतृत्व आवश्यक छ: महामन्त्री बुर्लाकोटी पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस सभापति देउवा र राप्रपा अध्यक्ष लिङ्देनबीच भेटवार्ता



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनबीच भेटवार्ता भएको छ।

पृथ्वी जयन्तीको अवसरमा राप्रपाले आयोजना गर्न लागेको चियापान कार्यक्रममा निम्तो दिन अध्यक्ष लिङ्देन देउवा निवास पुगेका थिए।

राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठका अनुसार उक्त भेटका क्रममा दुवै पार्टीका अध्यक्षहरूबीच आसन्न प्रतिनिधिसभा निर्वाचन तथा समसामयिक राजनीतिक विषयहरूमा छलफल भएको छ।

भेटवार्ता सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको र आगामी राजनीतिक घटनाक्रमबारे आपसी धारणा आदान–प्रदान गरिएको बताइएको छ।