काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनमा महामन्त्री गगन थापालाई सभापति बनाउनुपर्ने भन्दै नाराबाजी भएको छ ।
मधेस प्रदेशका प्रतिनिधिहरूले थापालाई सभापति बनाउन भन्दै नाराबाजी गरेका हुन् ।
संस्थापन पक्षसँगको वार्तामा सहमति नजुटेपछि नेताहरूले झूटो वार्ता नमान्ने भन्दै नयाँ नेतृत्व चयनमा दबाब दिएका हुन् ।
केन्द्रीय निर्वाचन समितिले मंगलबारबाट औपचारिक रूपमा निर्वाचनका कार्यक्रम अघि बढेको जानकारी दिँदै नयाँ नेतृत्व चयनका लागि तालिका सार्वजनिक गरिसकेको छ ।












