काठमाडौं ; निर्वाचन आयोगले नेपाली कांग्रेसको आधिकारिकता गगन थापा समूहलाई दिएको निर्णय दुर्भाग्यपूर्ण रहेको नेपाली कांग्रेसका कार्यबाहक सभापति पूर्णबहादुर खड्काले बताएका छन् ।
केही बेरअघि निर्वाचन आयोगले थापा समूह नेपाली कांग्रेसको आधिकारिक रहेको निर्णय सुनाएको थियो ।
तर सो निर्णय आफूहरुलाई मान्य नरहेको खड्काले बताए । उनले छोटो प्रतिक्रिया दिँदै भनेका छन्— यो निर्णय प्रतिशोधपूर्ण र गैर कानुनी छ, त्यसैले यसलाई हामी मान्दैनौँ ।












