२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
आगामी दशकलाई ‘आन्तरिक रोजगारी प्रवर्द्धन दशक’का रूपमा मनाउने श्रममन्त्री यादवको घोषणा एमाले पुनर्गठन कार्यदलको बैठक च्यासलमा सुरु, एक महिनाभित्र प्रतिवेदन बुझाइने पोखरा बसपार्क निर्माणका लागि महानगर र जग्गाधनीबीच सहमति, रिट फिर्ता लिने समझदारी तोलामा २ हजारले बढ्यो सुनको मूल्य डेडिकेटेड–ट्रङ्क लाइन बक्यौता असुली तत्काल अघि बढाउन अध्यक्ष घिसिङको आग्रह विश्वकप हेर्न हिँडेका एन्फा अध्यक्ष र महासचिवलाई अध्यागमनले विमानस्थलबाट फर्कायो सुरक्षित नेपालका लागि साझेदारी, ज्ञान र उत्थानशीलताको आवश्यकतामा जोड काठमाडौं महानगरपालिकाको १९ औं अधिवेशन यही जेठ ३१ गते हुने ‘होमस्टे’ले बदलिँदै थारू महिलाको जीवनशैली यस्तो सुशासन चाहिँदैन भन्ने अवस्था आयो : शंकर पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

युवाको ऊर्जा रचनात्मक र राष्ट्रनिर्माणको दिशामा प्रयोग हुनुपर्छः उपाध्यक्ष घिमिरे



फाइल फोटो
अ+ अ-

काठमाडौँ। राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरेले युवाको ऊर्जा नकारात्मक दिशामा होइन, रचनात्मक र राष्ट्रनिर्माणको दिशामा प्रयोग हुनुपर्ने धारणा राख्नुभएको छ ।

यहाँ आज आयोजित ‘मोडल युनाइटेड नेसन्स ४.०’  समापन समारोहमा उपाध्यक्ष घिमिरेले  पछिल्लो समयमा युवालाई दुरुपयोग गर्ने खतरा रहेको चिन्ता व्यक्त गर्नुभयो ।

“देश, राजनैतिक व्यवस्था, राजनैतिक दल र नेतृत्वप्रति अनावश्यक रुपमा घृणा फैलाउन युवा विद्यार्थीलाई दुरुपयोग गर्ने खतरा उत्तिकै देखिएको छ”, उहाँले भन्नुभयो, “युवाको ऊर्जा नकारात्मक दिशामा होइन, रचनात्मक र राष्ट्रनिर्माणको दिशामा प्रयोग हुनुपर्ने वातावरण सिर्जना गर्नुपर्छ ।”

उपाध्यक्ष घिमिरेले अझै पनि सबै पक्ष युवाको चाहनाअनुसार नभएकाले दबाबमूलक कार्यक्रमहरुमार्फत युवाको लोकतान्त्रिक अधिकार सुनिश्चित गर्न आग्रह पनि गर्नुभयो । लोकतन्त्रमा शान्तिपूर्ण रुपमा आवाज उठाउने कुरा अपराध नभई नागरिक अधिकारको अधिकार भएकाले शान्तिपूर्ण बहसमार्फत नीतिगत सुझाव दिने, कतिपय अवस्थामा नागरिक अभियानमार्फत  राज्यलाई जिम्मेवार बनाउनु युवाहरुको दायित्व हुने भनाइ उहाँको थियो ।

“स्वास्थ्य, शिक्षा, रोजगारी तथा समग्रमा युवा आवाजलाई सशक्त बनाउने आन्दोलनका रुपमा अगाडि बढाउनुपर्छ,” उपाध्यक्ष घिमिरेले  भन्नुभयो । मोडल युनाइटेड नेसन्स जस्ता फोरमहरुले शिक्षालाई सामाजिक परिवर्तनसँग जोड्ने प्लेटफर्मका रुपमा काम गर्नुपर्ने उहाँको धारणा थियो ।

“हामीले  द्वन्द्व र शान्ति, जलवायु परिवर्तन, गरिबी र असमानता, मानव अधिकार, आर्थिक न्याय जस्ता विषयसँग जोड्न सक्नुपर्छ”, उहाँले भन्नुभयो, “योसँगै सामाजिक उत्तरदायित्वसँग जोडिएका कोष सङ्कलन, दान अभियान, समुदाय–केन्द्रित कार्यक्रममार्फत संवेदनशील र मानवीय अभ्यासलाई केन्द्रित गर्दै लैजानुपर्छ ।”

नेपालको संविधानले युवालाई देशको परिवर्तनको शक्तिका रूपमा स्वीकार गरेको चर्चा गर्दै  उपाध्यक्ष घिमिरेले देशको भविष्य संसद् भवनभित्र मात्र नभई युवाहरूको सोच, प्रश्न र सक्रियतामा निर्माण हुन्छ भन्नुभयो ।

“संसद्मा आवाज उठाउन र मुलुकका लागि आवश्यक कानुन निर्माणमा भूमिका खेल्न युवाको उपस्थिति अनिवार्य भएकाले संसद्को जिम्मेवारी युवामैत्री कानुन निर्माण गर्ने हो, त्यसका लागि युवा नै त्यहाँ हुँदा थप सहयोग पुग्छ,” उहाँले स्पष्ट पार्नुभयो । रासस