२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
शिक्षा र स्वास्थ्यमा प्रस्तावित कर नीति उपयुक्त नभएको करविद् चन्द्रमणि अधिकारीको टिप्पणी एमाले अध्यक्ष ओलीको आग्रह : एकताबद्ध भएर जनतामाझ सक्रिय हुनुस् बीवाईडी कर छली प्रकरण छानविनका लागि तत्काल संसदीय छानविन समिति गठन गर्नुपर्दछः हर्कराज राई प्रधानमन्त्रीलाई नेकपा सांसद चन्दको प्रश्नः हामीले भारतको सीमा मिचेका छौँ, भन्ने जानकारी कसले दियो ? दुग्ध विकास बोर्डलाई प्रभावकारी र परिणाममुखी बनाउन मन्त्री चौधरीकाे आग्रह पूर्वअर्थमन्त्री महतले भने: २१ खर्ब २४ अर्बको बजेट महत्वाकांक्षी तर कार्यान्वयनयोग्य सभामुखले संसदलाई पेलेर लैजाने नीतिले सही गन्तव्यमा पुग्न सकिँदैनः सांसद शाही प्रतिनिधि सभाको मर्यादा कायम राख्न सभामुख अर्यालको निर्देशन राज्य एक्लैले विकास सम्भव हुँदैन, निजी क्षेत्रको सहभागिता अपरिहार्य: पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे राप्रपाले माग्यो अर्थमन्त्री वाग्लेको राजीनामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

माधव नेपाल उम्मेदवार बन्न अयोग्य रहेको भन्दै कसले हाल्यो उजुरी ?



अ+ अ-

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक माधव नेपालविरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता भएको छ।

रौतहट–१ बाट उम्मेदवारी दर्ता गरेका नेपालविरुद्ध सोही क्षेत्रका उम्मेदवार राम नरेश राय यादवले उम्मेदवारी खारेजीको माग गर्दै उजुरी दिएका हुन्। उजुरीमा पतञ्जलि जग्गा प्रकरणमा मुछिएका कारण नेपाल उम्मेदवार बन्न अयोग्य रहेको दाबी गरिएको छ।

उजुरीमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १७ तथा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३३ अनुसार नेपाल निलम्बनमा रहेको र मुद्दा विचाराधीन अवस्थामा रहेको उल्लेख छ।

सोही आधारमा प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १७ बमोजिम उहाँ उम्मेदवार हुन अयोग्य भएकाले उम्मेदवारी खारेज गर्न माग गरिएको छ।

निर्वाचन आयोगले उजुरीमाथि आवश्यक प्रक्रिया अनुसार छानबिन गरी निर्णय गर्ने जनाएको छ।




भर्खरै