काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाह चुनावी अभियान अन्तर्गत इलाम पुगेका छन्।
आज बिहानै झापाबाट इलाम पुगेका बालेनले पार्टीका उम्मेदवारहरूसँग छलफल गरे।
रास्वपाबाट इलाम १ मा विमल गदाल र २ मा गोकुलबहादुर राई चुनावी मैदानमा छन्। उनीहरूसँग भेटेर बालेनले त्यहाँको अवस्थाबारे जानकारी लिएका हुन्।
तस्बिरः मिलन लिम्बु













