२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
११ बजे मन्त्रिपरिषद् बैठक बस्दै ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते नाम्खा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा हुथीद्वारा इजरायलमा क्षेप्यास्त्र प्रहार, लाल सागरमा इजरायली जहाज सञ्चालनमा पूर्ण प्रतिवन्धको घोषणा ओमानको खाडीमा इरानतर्फ जाँदै गरेको तेल ट्याङ्कर अमेरिकी सेनाद्वारा निष्क्रिय दक्षिणी गाजामा इजरायली हवाई आक्रमण, ५ प्यालेस्टिनीको मृत्यु, १० भन्दा बढी घाइते फिलिपिन्समा शक्तिशाली भूकम्पपछि जारी सुनामी चेतावनी इण्डोनेसियाले फिर्ता लियो इरानी पेट्रोकेमिकल उद्योगमाथि आक्रमणको बदलामा इजरायली शहर हाइफामा इरानद्वारा क्षेप्यास्त्र प्रहार यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य ‘बर्डफ्लु’ नियन्त्रणका लागि ‘द्रुत कार्य टोली’ परिचालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

उज्यालो नेपाल पार्टी सामाजिक सञ्जालबाट होइन, डेलिभरीबाट स्थापित पार्टी होः कुलमान घिसिङ



अ+ अ-

जनकपुर । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले उज्यालो नेपाल पार्टी सामाजिक सञ्जाल चलाएर स्थापित भएको पार्टी नभएको बताउनुभएको छ ।

पार्टीले जनकपुरमा सञ्चालन गरेको जनताको घरैदैलो कार्यक्रम सहभागी हुने क्रममा न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उहाँले उज्यालो नेपाल पार्टी डेलिभरीका आधारमा अर्गानिक रूपमा स्थापित भएको दाबी गर्नुभयो ।

देशमा सामाजिक र आर्थिक रूपान्तरण अपरिहार्य रहेको उल्लेख गर्दै घिसिङले उज्यालो नेपाल पार्टी नै देश परिवर्तन गर्ने नेतृत्वका रूपमा अघि आउने दाबी गर्नुभयो । उहाँले निर्वाचनपछि देशको प्रधानमन्त्री बनेर देश परिवर्तन गर्ने उल्लेख गर्नुभयो । उहाँले प्रधानमन्त्रीको छनौट भाषणले नभई काम गरेको आधारमा जनताले छनोट गर्ने बताउनु भयो

। उहाँले उज्यालो नेपाल पार्टी जेनजी आन्दोलनपछि स्थापना भएको सबैभन्दा नयाँ राजनीतिक शक्ति भएको उहाँको भनाई छ । नयाँ ऊर्जा र जोशसहित अघि बढेको पार्टीले राष्ट्रिय परिवर्तन पार्टीसँग एकता गरेर थप सशक्त भएको जानकारी दिनुभयो । अध्यक्ष घिसिङकाअनुसार दुवै पार्टी जेनजी आन्दोलनको भावना र माग बोकेका पार्टी हुन् । उहाँले यी दुबै पार्टीहरू भाषण गरेर नभई समाजमा काम गरेर आएको पार्टी भएको बताउनु भयो । उहाँले अबको निर्वाचनमा भाषण गर्नेलाई नभई काम गरेर डेलिभरी दिने व्यक्ति र पार्टीलाई मत दिनुपर्ने आवश्यकता औंल्याउनु भयो । भाषण गरेर देशमा रुपान्तरण नहुने उहाँको भनाई छ । उहाँले आफूहरुले विगतमा पनि काम गरेको र आगमी दिनमा पनि गर्ने बताउनुहुँदै आफूहरुलाई मतदान गर्न आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘उज्योलो नेपाल पार्टी जेन–जी आन्दोलनपछि स्थापित सबैभन्दा नयाँ पार्टी हो । नयाँ उर्जा र जोश लिएर आएको पार्टी हो । उज्यालो नेपाल पार्टीसंग राष्ट्रिय परिवर्तन पार्टी पनि एकता भएको छ । यी दुवै पार्टी जेनजी आन्दोलन पछि स्थापना भएका पार्टी हुन् । राष्ट्रिय परिवर्तन पार्टी जेन–जी आन्दोलनका घाइतेहरुको पार्टी हो । दवै पार्टीले जेन–जी आन्दोलनको भावना र मागलाई बोकेको छ । यो पार्टी नै नयाँ हो र यसले नै देशको परिवर्तन गर्छ । हामी काम गरेर, डेलिभरी गरेर आएका मान्छेहरु यो पार्टीमा छौँ । हामी डेलिभरी दिनको लागि आएका हौँ । अबको भोट भनेको डेलिभरि दिनेलाई, काम गर्नेलाई हो, भाषण गर्नेलाई होइन । काम गरेर देखाउने पार्टीलाई, व्यक्तिलाई भोट दिनुपर्छ । यो समाज परिवर्तन गर्नुपर्छ, देशको आर्थिक रुपान्तरण गर्नुपर्छ । हाम्रो पार्टी डेलिभरि दिने पार्टी हो । अरु भनेको भाषण गरेर सामाजिक सञ्जाल चलाएर स्थापित भएको पार्टी होईन । डेलिभरी दिएर अर्गानिक रुपमा स्थापित भएको पार्टी हो । हामी छोटो समयमा आएका छौँ । तर यो पार्टीले नै यो देशको नेतृत्व गर्नेछ । प्रधानमन्त्री हामी नै हुन्छौँ । हामी यो देशको नेतृत्व गर्न आएको हो । हामी कसैलाई प्रधानमन्त्री बनाउन आएको होईन । हामी आफैँ प्रधानमन्त्री बनेर यो देशको परिवर्तन गर्न आएका हौँ । भाषण गरेर मात्रै प्रधानमन्त्री बनिदैन, कामले प्रधानमन्त्री बनिन्छ, जनताले छानेपछि प्रधानमन्त्री हुने हो ।’

उज्यालो नेपाल पार्टीले मधेस प्रदेशमा घरदैलो अभियान शुरु गरेको छ । अध्यक्ष घिसिङकाअनुसार मधेश प्रदेश धेरै जनसंख्या र धेरै निर्वाचन क्षेत्र भएको महत्वपूर्ण प्रदेश हो, जहाँ पार्टीको सशक्त उपस्थिति रहेको छ । प्रदेशका ८ वटै जिल्लाका विभिन्न स्थानमा पार्टीका उम्मेदवार रहेको उल्लेख गर्दै उहाँले धेरै क्षेत्रमा प्रतिष्पर्धामा रहेको र उल्लेखनीय संख्यामा सिट जित्ने दाबी गर्नुभयो ।