२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
११ बजे मन्त्रिपरिषद् बैठक बस्दै ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते नाम्खा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा हुथीद्वारा इजरायलमा क्षेप्यास्त्र प्रहार, लाल सागरमा इजरायली जहाज सञ्चालनमा पूर्ण प्रतिवन्धको घोषणा ओमानको खाडीमा इरानतर्फ जाँदै गरेको तेल ट्याङ्कर अमेरिकी सेनाद्वारा निष्क्रिय दक्षिणी गाजामा इजरायली हवाई आक्रमण, ५ प्यालेस्टिनीको मृत्यु, १० भन्दा बढी घाइते फिलिपिन्समा शक्तिशाली भूकम्पपछि जारी सुनामी चेतावनी इण्डोनेसियाले फिर्ता लियो इरानी पेट्रोकेमिकल उद्योगमाथि आक्रमणको बदलामा इजरायली शहर हाइफामा इरानद्वारा क्षेप्यास्त्र प्रहार यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य ‘बर्डफ्लु’ नियन्त्रणका लागि ‘द्रुत कार्य टोली’ परिचालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओली र बालेनलक्षित काँग्रेस उपसभापति शर्माको टिप्पणीः दुवैबाट देश चल्न सक्दैन



अ+ अ-

काठमाडौँ। नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले प्रधानमन्त्रीका उम्मेदवारद्वय केपी शर्मा ओली स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साह प्रधानमन्त्रीका लागि उपयुक्त पात्र नभएको टिप्पणी गर्नुभएको छ ।

सोमवार चितवनमा आयोजित एक कार्यक्रममा बोल्दै उपसभापति शर्माले यस्तो टिप्पणी गर्नुभएको हो । उहाँले शाह र ओलीलाई लक्षित गर्दै एक जना बोलेको बोलई गर्ने र अर्को बोल्दै नबोल्ने खालको रहेको भन्दै धेरै बोल्ने र बोल्दै नबोल्नेबाट देश चल्न नसक्ने बताउनु भयो ।

प्रधानमन्त्रीले अन्तर्राष्ट्रिय मञ्चमा देशको प्रतिनिधित्व गर्न सक्नुपर्ने उहाँको भनाइ छ । उहाँले काँग्रेस सभापति गगनकुमार थापालाई ‘तौलेर बोल्ने’ नेताको रूपमा प्रश्तुत पनि गर्नुभयो ।

अहिलेको बहस वडा अध्यक्षको नभई प्रधानमन्त्रीको भएको भन्दै उहाँले झोक चल्यो भने घर जलाईदिन्छु भन्न अभिव्यक्ति प्रधानमन्त्रीका लागि उपयुक्त नहुने टिप्पणी गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘प्रधानमन्त्रीको एक जना उम्मेदवार हुनुहुन्छ बोलेको बोलेई, घोचेको घोचेई गर्ने, अर्को प्रधानमन्त्री हुनुहुन्छ एकछिन बोलेजस्तो गर्नुहुन्छ, मौन धारण । एउटा धेरै बोल्ने, अर्को बोल्दाबोल्दै हराईहाल्ने ।

देशको प्रधानमन्त्री धेरै बोल्नेबाट पनि चल्दैन । बोल्दै नबोल्नेबाट पनि चल्दैन । देशको प्रधानमन्त्री ठिक्क बोल्नेबाट मात्रै चल्छ । गगन थापा त्यही कुराको तौलेर बोल्ने व्यक्तिको रुपमा हुुनुहुन्छ ।

यहाँ प्रश्न वडा अध्यक्षको होइन प्रधानमन्त्रीको छ । झोक चल्यो भने घर जलाइदिन्छु भनेको छ । यस्तै झोक चल्यो भने सोच्नुस् त नेपालको प्रधानमन्त्री चयन भइसकेपछाडि फ्रान्सका मान्छेहरुले प्रधानमन्त्री को अरे भन्दै गर्दा त फ्रान्स र नेपालको सम्बन्धको व्याख्या गर्नसक्ने हुनुपर्यो नि ।

संयुक्त राष्ट्र संघको मञ्चमा बसेर कसले नेपालको प्रतिनिधित्व गर्नसक्छ ? एकचोटि सोच्नुस् त ।’ उहाँले जेन–जी आन्दोलनको क्रममा सरकारमा रहँदा पार्टीबाट भएका कमजोरीहरुको जिम्मा लिन आफूहरु तयार रहेको पनि बताउनु भयो । –न्युज एजेन्सी नेपाल