काठमाडाैँ । गृहमन्त्रीमा सुधन गुरुङ पुनः नियुक्त हुने भएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार उनको पद तथा गोपनीयताको शपथ आज दिउँसो ३ बजे राष्ट्रपति कार्यालय शीतलनिवासमा हुने भएको छ।
यसअघि सम्पत्ति लगायतका विषयमा उठेका प्रश्न र विवादपछि गुरुङले गृहमन्त्री पदबाट राजीनामा दिएका थिए। त्यसपछि सरकारले छानबिन समिति गठन गरेको थियो।
छानबिन समितिको प्रतिवेदनले उनलाई निर्दोष ठहर गरेपछि उनलाई पुनः गृहमन्त्रीमा नियुक्त गर्ने निर्णय गरिएको हो।
यसअघि व्यापारी दीपक भट्टसँगको कथित सेयर लगानी लगायतका विषयमा उठेका सार्वजनिक प्रश्नपछि नैतिकताको आधारमा उनले पद छाडेको घोषणा गरेका थिए।












