२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
रास्वपा मधेश प्रदेश अधिवेशनका सम्पूर्ण गतिविधि अर्को सूचना नआएसम्म स्थगित प्रतिनिधिसभा बैठक सुरू, विपक्षी दलको अवरोध कायमै करकाे दर हेरफेर विवादमा सरकारद्धारा अर्थमन्त्रीको बचाउ, मेहनत गरेर बजेट ल्याएकाे दाबी विपक्षीसँग प्रधानमन्त्रीलाई सोध्ने प्रश्न नै रहेनछन्ः प्रवक्ता पोखरेल रास्वपा बागमती प्रदेश अधिवेशन हेटौँडामा सुरु, नयाँ नेतृत्व चयन हुँदै महावीर पुन विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री बन्दै सुधन गुरुङमाथिको छानबिन प्रतिवेदन सरकारले गर्‍यो ग्रहण सरकारद्वारा चार जलविद्युत आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति कार्यसम्पादनमा देखिएका समस्या तत्काल समाधान गर्न सञ्चारमन्त्रीको निर्देशन ‘क्रिटिक्स फिल्म अवार्ड २०८२’ को नतिजा सार्वजनिक, ‘ऊनको स्वीटर’ उत्कृष्ट चलचित्र
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘क्रिटिक्स फिल्म अवार्ड २०८२’ को नतिजा सार्वजनिक, ‘ऊनको स्वीटर’ उत्कृष्ट चलचित्र



अ+ अ-

काठमाडौँ । चलचित्र पत्रकार तथा समीक्षकहरूको साझा संस्था चलचित्र समीक्षक समाज (फिक्सन) ले ‘क्रिटिक्स फिल्म अवार्ड २०८२’ को नतिजा सार्वजनिक गरेको छ ।

समाजले आज एक विज्ञप्ति जारी गरी २०८२ सालमा प्रदर्शित नेपाली चलचित्रमध्येबाट ‘अवार्ड का लागि सहभागी भएका चलचित्रहरूको मूल्याङ्कनपछि विभिन्न आठ विधाका विजेताको नामावली सार्वजनिक गरेको हो ।

सार्वजनिक नतिजाअनुसार उत्कृष्ट चलचित्र ‘ऊनको स्वीटर’, उत्कृष्ट निर्देशक नवीन चौहान (ऊनको स्वीटर), उत्कृष्ट पटकथा नवीन चौहान र सुरज कट्वाल (ऊनको स्वीटर), उकृष्ट अभिनेता हरिवंश आचार्य (भूठान), उत्कृष्ट अभिनेत्री आना शर्मा (रमिताको पिरती), उत्कृष्ट छायाँकार सुशन प्रजापति (भूठान), उत्कृष्ट सम्पादन अञ्जय खड्का (भूठान), उत्कृष्ट पाश्र्व सङ्गीत कोबिद बज्र (ऊनको स्वीटर) विजेता घोषणा भएका छन् ।

समाजका अध्यक्ष समीप्याराज तिमल्सेनाले आगामी असार ६ गते एक कार्यक्रमका बीच विजेतालाई अवार्ड प्रदान गरिने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हामीले केही समयदेखि रोकिएको ‘क्रिटिक्स फिल्म अवार्ड’ लाई निरन्तरता दिँदैछौँ । सोही कारण यसपटक वर्ष विसं २०८१ र २०८२ को विजेतालाई संयुक्त रुपमा अवार्ड प्रदान गर्दैछौँ । हामीले उक्त चलचित्रले प्राप्त गरेको व्यावसायिक सफलताभन्दा पनि समीक्षकका नजरमा उत्कृष्ट भएका काम र नयाँ प्रयोगलाई प्रोत्साहन गर्न अवार्ड प्रदान गर्न लागेका हौँँ ।”

उहाँले अवार्डका लागि चलचित्र आह्वान गर्ने र सहभागी भएका चलचित्रलाई समीक्षकले हेरेर दिने नतिजाका आधारमा कार्यसमितिले छलफल गरेर विजेता घोषणा गर्ने गरेको स्पष्ट गर्नुभयो । अध्यक्ष तिमल्सेनाका अनुसार समाजले सन् २०१४ देखि चलचित्रको गुणात्मक विकास, मौलिकता तथा समीक्षात्मक चेतनाको प्रवद्र्धन गर्ने उद्देश्यले ‘क्रिटिक्स फिल्म अवार्ड’ प्रदान गर्दै आएको छ ।