२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
पुरस्कार र दण्डको नीतिलाई कडाईका साथ लागु गर्न महानिरीक्षकको निर्देशन अतिक्रमित संरचना हटेपछि पृथ्वीचोक–नयाँबजार सडक फराकिलो शपथ लिन शीतल निवास पुगे गुरूङ र पुन विपक्षी दलहरूको संयुक्त बैठक सिंहदरबारमा जारी भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान २०८२ सम्पन्न, मीरा राणा र सी.के.रसाइली सम्मानित सर्वोच्चद्वारा सांसद बोहराको नाम प्रतिवेदनमा समावेश गर्नुको कारण पेश गर्न आयोगलाई आदेश मन्त्रिपरिषद् बैठकमा डीडीसीका परिकार प्रधानमन्त्रीलाई काँग्रेस नेता केसीको सुझावः इतिहास अध्ययन गर्नुस् निर्वाचन समीक्षा र संगठन पुनर्गठनका लागि एमालेले देशव्यापी सुझाव सङ्कलन अभियान चलाउने एमाले कार्यदल बैठकको निर्णय: असार १९ सम्म देशव्यापी सुझाव सङ्कलन कार्यक्रम
तपाईं के खोज्दै हुनुहुन्छ ?

दुग्ध विकास बोर्डलाई प्रभावकारी र परिणाममुखी बनाउन मन्त्री चौधरीकाे आग्रह



अ+ अ-

काठमाडाैँ । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले राष्ट्रिय दुग्ध विकास बोर्डलाई प्रभावकारी र परिणाममुखी संस्थाका रूपमा विकास गर्नुपर्ने बताउनुभएकाे छ ।

आज राष्ट्रिय दुग्ध विकास बोर्डको अध्यक्षको पदभार ग्रहण गर्दै मन्त्री चौधरीले बोर्डको उद्देश्यअनुसार कार्यसम्पादन गर्दै दुग्ध क्षेत्रको समग्र विकासका लागि सबै पक्षसँग सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले दुग्ध उत्पादक किसान, सहकारी संस्था तथा निजी क्षेत्रका लागि बोर्ड आवश्यक भए पनि प्रभावकारी भूमिका निर्वाह गर्न नसक्दा समय–समयमा यसको औचित्यमाथि प्रश्न उठ्ने गरेको बताउनुभयो । मन्त्री चौधरीले बोर्डका पदाधिकारी तथा कर्मचारीलाई संस्थाप्रति थप जिम्मेवार बन्दै दुग्ध क्षेत्रको समग्र विकास, उत्पादन वृद्धि, बजार व्यवस्थापन र किसानको हित संरक्षणका लागि सक्रियतापूर्वक काम गर्न निर्देशन दिनुभयो ।

दूग्ध विकास बोर्ड स्थापनाको उद्देश्य दुग्ध क्षेत्रको विकास तथा प्रवर्द्धनका लागि नेपाल सरकारलाई नीतिगत सुझाव प्रदान गर्नु, उत्पादन, उपभोग, गुणस्तर, बजार व्यवस्थापन, आयात प्रतिस्थापन तथा निर्यात प्रवर्द्धनमा सकारात्मक प्रभाव पार्नु रहेको छ ।