२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
विप्रेषण आप्रवाह ४१ प्रतिशतले वृद्धि रवि लामिछानेविरुद्धको संगठित अपराधको आरोप हट्यो, सहकारी मुद्दामा मिलापत्रको बाटो खुला शासकीय सुधारसम्बन्धी १०० कार्यसूची कार्यान्वयनमा सञ्चार मन्त्रालयको उल्लेख्य प्रगति मन्त्रिपरिषद्‌मा सुधनलाई पाँचौं र महावीरलाई आठौं वरियता गृहमन्त्री गुरुङ र नवप्रवर्तनमन्त्री पुनले लिए मन्त्री पदको शपथ उपराष्ट्रपति यादवसँग इजिप्टका राजदूतको शिष्टाचार भेट नागरिकको अपेक्षा पूरा गर्न हामी प्रतिबद्ध छ : रास्वपा महामन्त्री बुर्लाकोटी पुरस्कार र दण्डको नीतिलाई कडाईका साथ लागु गर्न महानिरीक्षकको निर्देशन अतिक्रमित संरचना हटेपछि पृथ्वीचोक–नयाँबजार सडक फराकिलो शपथ लिन शीतल निवास पुगे गुरूङ र पुन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्रिपरिषद् बैठकमा डीडीसीका परिकार



अ+ अ-

काठमाडौं । मन्त्रिपरिषद् बैठकहरू प्रायः नीति, योजना र निर्णयका कारण चर्चामा रहने गर्छन्। तर मंगलबारको बैठकमा भने एक फरक दृश्य देखियो। बैठकको औपचारिक एजेन्डाबीच मन्त्रीहरूको टेबलमा दूध, चिज र पेडा पुगेपछि केहीबेर वातावरण नै फरक बन्यो।

यी परिकार कुनै विशेष भोजका लागि थिएन स्वदेशी दुग्ध उत्पादनको प्रवर्द्धन र किसानको मनोबल बढाउने उद्देश्यसहित प्रस्तुत गरिएको सन्देशका रूपमा वितरण गरिएको थियो। कृषि तथा पशुपन्छी विकास मन्त्री गीता चौधरीले सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) का उत्पादन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सदस्यहरूलाई उपलब्ध गराएकी थिइन्।

दुग्ध क्षेत्र पछिल्लो समय उत्पादन, बजारीकरण र भुक्तानीलगायतका चुनौतीसँग जुधिरहेको अवस्थामा सरकारले आफ्नै उत्पादनको प्रयोगमार्फत सकारात्मक सन्देश दिन खोजेको बुझिएको छ। बैठकमा सहभागी मन्त्रीहरूले डीडीसीका उत्पादनको स्वाद लिँदै स्वदेशी वस्तुको प्रयोग बढाउनुपर्ने आवश्यकता औँल्याएका थिए।

सरकारले किसानको उत्पादनको बजार सुनिश्चित गर्न र स्वदेशी उद्योगलाई बलियो बनाउन विभिन्न योजना अघि सारिरहेका बेला मन्त्रिपरिषद् बैठकमै डीडीसीका परिकार पुग्नु केवल खाजाको विषय नभई एउटा प्रतीकात्मक कदमका रूपमा हेरिएको छ।