२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
प्रधानमन्त्री जिम्मेवार नभएकाले संसद सुचारु हुन सकेनः काँग्रेस शिक्षा र स्वास्थ्यमा प्रस्तावित कर नीति उपयुक्त नभएको करविद् चन्द्रमणि अधिकारीको टिप्पणी एमाले अध्यक्ष ओलीको आग्रह : एकताबद्ध भएर जनतामाझ सक्रिय हुनुस् बीवाईडी कर छली प्रकरण छानविनका लागि तत्काल संसदीय छानविन समिति गठन गर्नुपर्दछः हर्कराज राई प्रधानमन्त्रीलाई नेकपा सांसद चन्दको प्रश्नः हामीले भारतको सीमा मिचेका छौँ, भन्ने जानकारी कसले दियो ? दुग्ध विकास बोर्डलाई प्रभावकारी र परिणाममुखी बनाउन मन्त्री चौधरीकाे आग्रह पूर्वअर्थमन्त्री महतले भने: २१ खर्ब २४ अर्बको बजेट महत्वाकांक्षी तर कार्यान्वयनयोग्य सभामुखले संसदलाई पेलेर लैजाने नीतिले सही गन्तव्यमा पुग्न सकिँदैनः सांसद शाही प्रतिनिधि सभाको मर्यादा कायम राख्न सभामुख अर्यालको निर्देशन राज्य एक्लैले विकास सम्भव हुँदैन, निजी क्षेत्रको सहभागिता अपरिहार्य: पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे
तपाईं के खोज्दै हुनुहुन्छ ?

सहकार्यका बिचबाट आज हामी यहाँ आइपुगेका छौँ – ऊर्जामन्त्री भुसाल (भिडियो सहित)



अ+ अ-

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री पम्फा भुसालले ललितपुर महानगरपालिकाको समग्र विकासका लागि सबै राजनीतिक दलहरुबीच सहकार्य गरी काम गरेको बताउनुभएको छ । 

शुक्रवार ललितपुर महानगरपालिकाको १०३ औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भुसालले महानगरपालिकाको कला, संस्कृति तथा सम्पदाको विकास र संरक्षण गर्ने र भौतिक पूर्वाधारको विकास गर्ने लगायतका कामहरुमा सबै राजनीतिक दलहरुबिच सहकार्य भइरहेको बताउनुभएको हो । उहाँले महानगरपालिकाको विकासको निम्ति राजनीतिक तहमा कुनैपनि मतभेदहरु नभएको बताउनुभयो ।

राजनीतिक विचार र आस्थालाई आफ्नै ठाउँमा राखेर राजनीतिक दलहरुले आफ्नो ठाउँको विकासलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको उहाँले स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो – ‘हामी भिन्न भिन्न विचारको प्रतिनिधित्व गर्ने राजनीतिक पार्टीका प्रतिनिधि भएपनि यो महानगरपालिकाको विकास गर्ने कुरामा चाहे कला, संस्कृति, सम्पदाको विकास र संरक्षण होस्, चाहे जनशक्तिको विकास गर्ने कुरा होस्, भौतिक पूर्वाधारको विकास होस्, पर्यावरणिय हिसाबले स्वच्छताको कुरा होस् । या यहाँको अरु आर्थिक, सामाजिक विकास गर्ने क्षेत्रमा यो कार्यकाल बडो राम्रो सहकार्य भएको छ । हामी विभिन्न पार्टीको प्रतिनिधित्व गर्ने प्रतिनिधि छौँ । तर यो ठाउँको विकास र उन्नतिको निम्ति यसको संरक्षण र उन्नतिको निम्ति हाम्रा कुनैपनि खास मतभेदहरु रहेनन् । र रहनुपनि हुन्न । हामीले हाम्रो ठाउँको विकासलाई पहिलो प्राथमिकतामा राखेर हाम्रा आस्था र विचारलाई आफ्नै ठाउँबाट अघि बढाउनुपर्छ भन्ने मान्यतालाई हामी सबैले आत्मसात् ग¥यौँ । र सहकार्यका बिचबाट आज हामी यहाँ आइपुगेका छौँ ।’

मन्त्री भुसालले ललितपुर महानगरपालिकालाई भौतिक पूर्वाधार, जनशक्ति, स्वच्छ वातावरण लगायतमा विकास गरेर सम्पन्न महानगरपालिका बनाउन सकिने धारणा राख्नुभयो । महानगरको विकास र उन्नतिका निम्ति आफ्नो सदैव साथ रहने प्रतिवद्धता पनि उहाँले व्यक्त गर्नुभयो ।




भर्खरै