२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने श्रीलङ्कामा तीन दिने डेङ्गु नियन्त्रण कार्यक्रम सुरु, पहिलो दिनमै व्यापक निरीक्षण मध्यपूर्व तनाव घट्ने सङ्केतसँगै लगानीकर्तामा उत्साह वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व संकलन शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि… कामपा नगरसभाको १९औँ अधिवेशन आगामी ३१ मा पोखरा–भरतपुर–लुम्बिनीबीच पर्यटन प्रवर्द्धनका लागि ‘सिल्भर ट्रयाङ्गल’ समझदारी योग्य, सक्षम इमान्दारी नेतृत्व आवश्यक छ: महामन्त्री बुर्लाकोटी पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रभावकारी बन्दै अख्तियारको ‘स्टिङ अपरेसन’



अ+ अ-

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पछिल्लो समय सरकारी निकायमा थालेको ‘स्टिङ अपरेसन’ प्रभावकारी देखिएको छ । सरकारी कार्यालयमा भ्रष्टाचार मौलाउन थालेको उजुरीपछि अख्तियारको हेटौँडा कार्यालयले आर्थिक वर्ष २०७५/७६ मा २० वटा स्टिङ अपरेसन गरेको थियो । जसमा ४९ लाख ९६ हजार रुपैयाँ घुससहित २७ जना रंगेहात पक्राउ परेका छन् ।

अख्तियारका अनुसार ११ साउन २०७५ देखि २४ असार २०७६ सम्म गरेको अपरेसनमा जनप्रतिनिधि, प्रहरी, निजामती कर्मचारी र शिक्षकहरू पक्राउ परेका हुन् । अधिकांश तराईका जिल्लामा कार्यरत कर्मचारी पक्राउ परेको अख्तियारको प्रतिवेदनमा उल्लेख छ । अख्तियारका अनुसार बारामा नौ, पर्सा पाँच, रौतहट दुई, मकवानपुर दुई र चितवन तथा रुपन्देहीमा एउटा स्टिङ अपरेसन गरेको जनाएको छ । ६ जिल्लामा गरिएको अपरेसनका क्रममा सबैभन्दा बढी बारामा १२ जना, पर्सामा नौ, रौतहटमा दुई, मकवानपुरमा दुई, रुपन्देही र चितवनमा एक–एकजना घुस रकमसहित पक्राउ परेका थिए ।

स्थानीय तहका उजुरी सबैभन्दा बढी
हेटौँडा कार्यालयमा स्थानीय तहसँग सम्बन्धित उजुरी सबैभन्दा बढी दर्ता भएको अख्तियारले जनाएको छ । गत आवमा स्थानीय तहका मात्र ६ सय ५६ वटा उजुरी दर्ता भएका छन् । कार्यालयका प्रवक्ता देवकुमार राईले संघीय मामिलाका चार सय २३ वटा उजुरी दर्ता भएको जानकारी दिए ।

पाँच प्रहरी घुससहित पक्राउ
काभ्रेका पाँच प्रहरी घुससहित रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग टोलीले टिपर चालकहरूसँग घुस लिने प्रहरीहरूलाई बिहीबार पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा तीनजना ट्राफिक प्रहरी छन् ।

हिगुवापाटी ट्राफिकका हवल्दार तेजप्रसाद भट्टराई, बनेपा ट्राफिक पोस्टमा कार्यरत हवल्दार रामहरि मानन्धर र सिपाही हरिचन्द्र बानियाँ दुई–दुई हजार घुससहित पक्राउ परेका हुन् ।
पाँचखाल चौकीमा सादा पोसाकमा काम गर्ने हवल्दार भक्तबहादुर हायू र जवान ज्ञानबहादुर लाम्गाङे पनि पक्राउ परेका छन् । दुवैबाट दुई हजार रुपैयाँ बरामद भएको अख्तियारको भनाइ रहेको समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।