२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
न्युजिल्याण्डले ऊर्जा सुरक्षा मजबुत बनाउन ‘एलएनजी’ सुविधा अघि बढाउने श्रीलङ्कामा तीन दिने डेङ्गु नियन्त्रण कार्यक्रम सुरु, पहिलो दिनमै व्यापक निरीक्षण मध्यपूर्व तनाव घट्ने सङ्केतसँगै लगानीकर्तामा उत्साह वसन्त ऋतुको हिमाल आरोहण मैझारो, एक अर्ब २६ करोड राजस्व संकलन शैय्या सङ्ख्याअनुसार शुल्क नतिर्ने स्वास्थ्य संस्था कारबाहीमा अदालतको लेटरप्याड र न्यायाधीशकै दस्तखत किर्ते गरेपछि… कामपा नगरसभाको १९औँ अधिवेशन आगामी ३१ मा पोखरा–भरतपुर–लुम्बिनीबीच पर्यटन प्रवर्द्धनका लागि ‘सिल्भर ट्रयाङ्गल’ समझदारी योग्य, सक्षम इमान्दारी नेतृत्व आवश्यक छ: महामन्त्री बुर्लाकोटी पशुपतिनाथ मन्दिर क्षेत्रमा सिक्री लुटपाट गर्ने पाँच भारतीय पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

कलंकी-बालाजु-चाबहिलखण्ड विस्तार पुसदेखि



अ+ अ-

काठमाडौं । चक्रपथअन्तर्गत कलंकी–बालाजु–चाबहिल सडकखण्ड आठ लेनमा विस्तार गर्ने कार्य आगामी पुसबाट सुरु हुने भएको छ । यसका लागि सडक विभागले ‘साइट क्लियरेन्स’को काम सुरु गरिसकेको छ । कलंकी–बालाजु–चाबहिल आठ लेन सडक निर्माण चक्रपथ विस्तारकै दोस्रो परियोजना हो । सडक विभागका अनुसार यसको सुरुवात कलंकीबाट हुनेछ । चाबहिलको गोपीकृष्ण हलअगाडि पुलसम्म ११.६ किमि सडक विस्तार हुनेछ । सर्भिस ट्र्याकसहित सडकको चौडाइ ६२ मिटरको हुनेछ । सबै आठवटा लेन साढे तीन मिटर चौडा बन्नेछन् । सबै लेन र फुटपाथसहित सडकको खास चौडाइ ५० मिटरको हुनेछ ।

काठमाडौं चक्रपथ सडक सुधार योजनाका प्रमुख अमृतमणि रिमालले कलंकी–बालाजु–चाबहिल सडक विस्तार सन् २०२० को पहिलो महिनाबाट सुरु हुने बताए । ‘कलंकी–बालाजु–धोबीखोला सडक विस्तार सन् २०२० को पहिलो महिनाबाटै सुरु गर्ने लक्ष्यका साथ हामीले काम अघि बढाएका छौँ,’ उनले भने, ‘प्रतिघन्टा ५० किमिका दरले सवारी गुड्ने गरी मुख्य लेन बन्नेछ । सहायक लेनमा भने प्रतिघन्टा २० किमिका दरले सवारीसाधन चलाउन सकिनेछ ।’ ३६ महिनाभित्र सबै निर्माण सकिने योजना छ । यसअघि निर्माण गरिएको कोटेश्वर–कलंकी सडकभन्दा यसको ड्रइङ एन्ड डिजाइनमा केही फेरबदल हुनेछ ।

चीनको अनुदानमा सडक बन्ने
चीनको अनुदानमा चिनियाँ ठेकेदार कम्पनीले सडक निर्माण गर्नेछ । कम्पनीले सडकको विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० बनाइसकेको छ । तर, नेपाल सरकारलाई भने हस्तान्तरण गरेको छैन । सडक निर्माणका लागि आवश्यक रकम चीन सरकारले अनुदानस्वरूप उपलब्ध गराउने सम्झौतासमेत भइसकेको छ । तर, उक्त सडक निर्माणमा लाग्ने रकम भने सार्वजनिक भएको छैन । ७ देखि ८ अर्ब रुपैयाँ लाग्ने विभागको अनुमान छ ।

विभागका प्रवक्ता सापकोटाले भने, ‘कलंकी–बालाजु–धोबीखोला सडक निर्माण चीन सरकारकै अनुदान बन्नेछ । यसका लागि चीन सरकारले प्रतिबद्धता जनाइसकेको छ । उसकै आग्रहपछि हामीले साइट क्लियरेन्स गरेका हौँ । यो काम सकिनासाथ निर्माणकार्य अघि बढ्छ ।’

रूख र बिजुलीका पोल हटाउने प्रक्रिया सुरु

सडक विभागले यस सडकखण्डअन्तर्गत पर्ने रूख र विद्युत्का पोल हटाउन प्रक्रिया सुरु गरिसकेको छ । विभागका अनुसार यस खण्डको बहिरी घेरामा हटाउनुपर्ने एक हजार ६७ रूख पहिचान गरिएको छ । भित्री घेरामा नौ सय ९० वटा रूख पहिचान गरिएका छन् । रूख कटानका लागि विभागले वन मन्त्रालयमा पत्र पठाइसकेको छ । अबको केही साताभित्र रूख कटान गरिनेछ ।

विद्युत्का पोल हटाउन पनि विभागले विद्युत् प्राधिकरणमा पत्राचार गरिसकेको छ । विभागका प्रवक्ता शिवहरि सापकोटाले कलंकी–बालाजु–धोबीखोला सडक निर्माणका लागि ‘साइट क्लियरेन्स’का काम दु्रतगतिमा अघि बढेको बताए । ‘सडक विस्तारका लागि साइट क्लियरेन्स गर्नुपर्ने देखियो । कटान गरिनुपर्ने रूखमा टाँचा मार्ने काम सकिएको छ । विद्युत्का पोल हटाउन पनि पहल भइसकेको छ,’ उनले भनेको समाचार नयाँ पत्रिका दैनिकमा प्रकाशित छ।